डा. रागेश कर्ण न्युरोलोजिस्ट के हो नशा रोग प्यारालाईसिस पनि बन्न सक्छ ,,
डा .रागेश कर्ण MBBS,MD,DM ( consultant neurologist )
त्रिभुवन शिक्षन अस्पताल महाराजगंजमा १० वर्ष देखि कार्यरत हाल न्युरोलोजी विभाग प्रमुख ,,
नशा च्यापिनु भनेको के हो ?
नशा भनेको हाम्रो यौटा स्नायु तन्त्र हो ।जहा बाट हाम्रो मेरु दण्ड पर्दछ ।अर्थात तेहा बाट हाँगा हरु निस्किन्छन , र तेस्का थुप्रै जरा हरु निस्कनछन। , ब्रेन बाट निस्कने नशा हरु अनुहारले सप्लाई गर्दछ ,तेस्तै मेरुदण्ड बाट निस्कने नशा हरुलाई हाम्रो हात ,जिउ ,खुट्टा हरु तिर हाँगा भयर फैलने गर्दछन। र तेहा भएका मांसपेशी हरुलाई नियन्त्रित गर्ने गर्दछ ।मेरुदण्ड बाट निस्कने जरा हरु बिभिन्न कारणले थिचिन पुग्दछन। मेरु दण्ड चलि रहनछ, तपाई हिडडुल गर्दा होस् या बस्दा यस्तो अवस्थामापनि मेरुदण्डको कारणले जरा हरु थिचिन गर्दछन ।हड्डीको बिचमा हुने डिस्क यानिकि कुरकुरे हड्डी फुत्केर पछाडी आउछ ,त्यो अवस्थामा पनि नसाको जरा थिचिन पुग्दछ। यो प्राय नेक रिजन गर्दन र अर्को ढाडमा नशा चेपिन म्याक्सिमम देखिन्छ। किन कि यो एरिया भनेको हाम्रो सबै भन्दा बढी चल्ने गर्दछ सरसरती यो नै नशा च्यापिनु भन्ने बुझिन्छ।
यसको अवस्था नेपालमा कस्तो छ के के कारणले यो अवस्था आउने गर्दछ ,
यो अवस्था नेपालमा अहिले दिनहु बढ्ने गरेको अध्यन्ले बताएको छ ।खस गरि यो युवा पिढीमा अहिले धेरै निम्तिने गरेको रोग हो ।यो भैसके पछि मान्छे धेरै पिडित हुने गर्दछन र यो ठिक हुन लामो समय सम्म लाग्ने गर्दछ ।यसको कारणले कसैलाई प्यारालाईसिस सम्म हुने गर्दछ ।बढ्दो सहरीकरण , रोड,गाडी , मोटर्बाईक चलाउने प्रवृति खाल्डा खुल्डिमा पारेर चलाउने गर्दा ढाड र गर्दनको डिस्क स्लिप हुने गर्दछ ।साथै हड्डीको मुभले गर्दा पनि नशा च्यापिने गर्दछ। उमेर बढ्दै जाने गर्दा हड्डी हरु खिइने गर्दछन, खीएर पनि चुच्चो समेत निकाल्ने गर्दछ। त्यो अवस्थामा पनि नसाको जरा थिचिने गर्दछ, कुनै मान्छेलाई कुनै तेस्तो भागमा क्यान्सर छ भने त्यो हड्डीमा फैलीएर पनि नशा च्यापिन पुग्दछ ।तेस्तै तपाई लाई फोक्सो , मुटुमा टीबी छ र त्यो फैलीएर कुनै भागमा घाउ भएर पनि नशा थिचिन पुग्दछ।
साधारण मान्छेल नशा च्यापियाको भन्ने कसरि थाहा पाउने यसका लक्षन हरु कस्ता हुन्छन ,
ढाड गर्दन दुख्नु समान्य देखी नशा च्यापीएर समेत हुने गर्दछ ।बस्ने बानि ठिक छैन ढाड खुम्चाएर बस्ने , ठिक तरिकाले ड्राईभिङ्ग नगर्नु त्यो अवस्थामा गर्दन वा मेरु दण्ड धेरै दुख्ने गर्दछ ।, धेरै ठाँउमा उपचार गरेर सन्चो भयएको छैन भने त्यो नशा च्यापीएको हो भन्ने थाहा पाउनु पर्दछ। तेस्तै गर्दनको दुखाई हात तीर सर्छ , ढाडको दुखाई खुट्टा तिर सरेर जान्छ भने त्यो नशा च्यापीएको हो भन्ने बुज्नु पर्दछ ।कसैलाई यो अवस्था नआयर बस्दा उठ्दा केहि नहुने तर हिन्दा दुवै खुट्टा भारि लाग्ने हुन्छ भने त्यो पनि नशा च्यापीएको लक्षन हो।
के गर्दा यकिनका साथ् पत्ता लगाउन सकिन्छ,
कुनै सामान उचाल्दा लिगामेन्ट तन्कियो , ढाड सट्कियो ,त्यो दुखाई ६ हप्ता सम्म सन्चो भएन भने पनि तपाईको नशा च्यापीएको हो भनेर यकिन गर्न सकिन्छ। सामान्य दुखाई छ भने हस्पिटल नगएर भिजिसीएन गरेर औसधि खाएर पनि सन्चो बनाउन सकिन्छ ।औसधि खायर पनि झन् झन् दुखाई बढ्दै गको छ भने तत्काल नशारोग विशेसज्ञ कहा सम्पर्क गर्नुपर्दछ ।छेक जाँच पछि पत्ता लाग्न सक्छ कि तपाईको नशा च्यापीएको हो या होइन ।
तेस्तै एकसरे गरेर पनि नशा च्यापीएको हो या होइन पत्ता लगाउन सकिन्छ। एकसरे बाट बिशेष गरि हड्डीको विशेषता बताउने गर्दछ। हड्डी ठिक ठाउमा छ या छैन त्यो पत्ता लगायर नशा च्यापीएको हो या होइन भन्ने कुरा पत्ता लागाउन सकिन्छ। तेही अवस्थालाई एम .आर. आई गरेर कसले वा कति च्यापीएको भन्ने स्पस्ट पत्ता लागाउन सकिन्छ ।अर्को नसाको जाँच गर्ने मेसिनबाट नसा रोग विशेसज्ञले नशा च्यापीएर ड्यामेज भाको छ कि छैन कति च्यापीएको छ भन्ने सजिलै पत्ता लगाउन सकिन्छ। र मात्र अप्रेसन गर्न पर्ने वा कति दिन सम्म कम भएर आउछ भन्ने कुराको टुंगो लाग्दछ ।
उपाय वा उपचार
यो अवस्थामा आतिनु हुदैन नशा च्यापिन बितिकै ९५ % अप्रेसन गर्नु पर्छ भन्ने हुदैन। सामान्य उपचार , बानि बेहोरा , फिजियो थेरापीको माध्याम बाट यसलाई सन्चो बनाउन सकिन्छ। सबै भन्दा पहिले नशा च्यापीएको हो वा होइन भनेर पत्ता लागिसके पछि तुरुन्तै बिशेसज्ञलाई भेटेर सल्हा लिनु पर्दछ ।कहिले कहिँ मान्छे शरीरको को कुनै भाग दुख्न बितिकै सिधै एक्सरसाईजमा जाने गर्दछन ।तर तेस्तो नगरी पहिले पत्ता लगाउन जरुरि हुन्छ। पत्ता नलगाएर फिजियो थेरापी गर्नाले कतिपएलाई क्यान्सर समेत भयको छ ।
ब्याम गर्दै जाँदा टीबी भयर घाउ भई नशा दबेको समेत थुप्रै उदाहरण छन् ।तेसैले पहिले पत्ता लगाउन जरुरि देखिन्छ। यसो गर्नाले कनजर्भेटिक औसधि उपचार , खानपिन , रहनसहन , जीवनशैली परिवर्तन भिजियो थेरापी बाट यसको उपचार गर्न सकिन्छ। केहि विशेष परिस्थिति यानिकी यो उपचार गरिसकेको छ ।३ महिना सम्म पनि सुधार आएन भने कम मात्रामा तेस्ता १ देखि ५ % सम्म लै अप्रेसन गर्न पर्ने हुन्छ।
कसरि बच्ने ?
रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनुनै उत्तम उपाए हो। सबै भन्दा महत्वपुर्ण विषय हो बसाई ,अर्को विषय हो ड्राईभिङ्ग , बाईक चलाउदा खाल्डा खुल्डी बाट बच्नु , बस्दा मांसपेशी र नेक को भाग लाई ध्यानदिनु पर्दछ ।, नियमित व्याम गर्नु पर्दछ ।बस्दा सिधा बस्नु , सन्तुलित आहार खाने , अल्कोहल , चुरोट , सुर्ती बाट टाढा रहने । मोटो पन बढ्न नदिने लामो समय सम्म सोफामा फर्की फर्की शरीर तन्कायर नबस्ने ।महिला हरुको महिना वारि सुकी सकेपछि महिलाहरुमा क्याल्सियम भिटामिन डी को कमि हुने गर्दछ तेस्को सप्लिमेण्ट्रि हुन जरुरि छ।
संवाददाता रंग दर्पण डट कम ओम विकल ,कृपया जनचेतनाको लागि सक्दो सेर गर्नुहोला ,,