Simta
Gurvakot
Gurvakot

निर्मलाको भजाईनल स्वाब संग आमाको डीएनए पोजेटिभ ,

माघ १४ , काठमान्डौ – गत साउनमा बलात्कार पछि हत्या गरिएकि बालिका निर्मला पन्तको शव बाट निकालीएको भजाइनल स्वाब’ को डीएनए र उनकी आमा दुर्गादेवीको डीएनए म्याच खाएको छ ।

Simta

पन्तको शवबाट निकालिएको भनिएको भनाइजल स्वाबमाथि नै प्रश्न उठेपछि बैधानिकता जाँच गर्न आमा दुर्गादेवी डीएनए टेष्ट गर्न तयार भएकी थिइन् । उनले कञ्चनपुरमा पुगेर २५ पुसमा आफ्नो रगतको नमुना समेत दिएकी थिइन् । दुर्गादेविले रगत दिदा उनका श्रीमानले असहमति जनाएका थिय ।

लामो समयसम्म यसको रिपोर्ट सार्वजनिक भएको थिएन । तर, मानवअधिकार आयोगले ‘भजाइनल स्वाब’ संकलन नै त्रुटिपूर्ण भएको रिपोर्ट सार्वजनिक गरे लगतै प्रहरीले ‘भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डीएनए मिलेको बताएको छ । निर्मलाको हत्यारा पत्ता लगाउन सरकारले लामो कसरत गरेको छ।

lekbesi