ईटाली हिडेका १२ नेपाली लिबियामा बन्धक,
माघ १७ ,काठमान्डौ – ईटाली जाने भनेर हिडेका १२ जाना नेपालि लिबियामा बन्धक भयको जानकारी खुलेको छ। भिजिट भिसामा दुवै पुगेका उनीहरुलाई पाकिस्तानी एजेन्टले लिबिया पुर्याएका हुन् ।
नेपालीहरुलाई घर परिवारमा म्यासेन्जरमार्फत निरन्तर सम्वाद गर्न दिने गरेको पाइएको छ । लामो समय इटली पुग्ने आशमा मौन बसेका उनीहरुले हालै मात्र आफूहरुलाई बन्धक बनाएको परिवारलाई जानकारी गराएका थिए ।परिवारले प्रहरीलाई खबर गरेपछि सरकारले पनि उद्दारका लागि पहल थालेको छ ।
परराष्ट्र मन्त्रालयले इजिस्टका लागि नेपाली राजदूतमार्फत पहल गरिरहेको खबर छ ।राजदूत झविन्द्र अर्यालले लिबियाको त्यहाँको सरकारका साथै शान्ति सेनामा रहेको नेपाली सेनामार्फत पहल भइरहेको बीबीसीलाई जानकारी दिएका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार सन्तोष पराजुली र जसध्वज गुरुङको समूहले गत भदौमा १२ जनालाई दुई समूहमा इटली पठाएको जानकारी खुलेको छ।
उनीहरुलाई कुन ठाउँमा राखेको छ ,लोकट नभयको सिंहले बताए।अपराध महाशाखाले नेपाली एजेन्ट सन्तोषलाई पक्राउ गरेको छ, भने पोखरामा पक्राउ परेका जयध्वजलाई बैदेशिक रोजगार विभागमा पठाइएको छ । एसएसपी सिंहका अनुसार बयानका क्रममा सन्तोषले नेपालीहरुलाई पठाएको स्वीकार गरेका छन् ।
एजेन्टहरुको लेनदेनमा विवाद भएका कारण मात्र लिबियामा अडि्एको र उनीहरु छिट्टै इटली पुग्ने दाबी समेत उनले गरेका छन् ।प्रहरीका अनुसार यो समूहले यसअघि पनि १७/१८ जनालाई यसरी नै इटली पठाएको पाइएको छ ।
यो पटक ईटाली जाने हरु संग १३ / १३ लाख लगिने र पुगे पछि १३ लाख बुझाउने सहमतिमा उनीहरु ईटाली जान भनि हिडेका हुन् ।