गोरखामा हेलिकोप्टर बाट ठुलो परिणाममा सामान ढुवानी गरिदै ,,

रंग दर्पण ८ फाल्गुन – गोरखा : चुमनुब्री गाउँपालिका ४ साविक प्रोक गाविसका बारीको खेतीबाली सधैं भालुले खाइदिने गरेको छ। उनीहरु वर्ष भरि लागयाको खेति पाती घर भित्र राख्न नपाउदा सारै चिन्तित छन् ।बारीलाई सुरक्छ्या का साथ् राख्न के गर्ने भने बारे आउनु हरुको अहिले पुरु गाउने छल फलमा छन् तर, यसो गर्न भने उनीहरुलाई ठुलो परिणाम मा खर्च लाग्ने अनुमान छ भौगोलिक बनोटले गाडी नजानु र हेलिकोप्टर बाट सामान सार्न पर्नु यहाको मुख्य चौनैती हुन् ।
सामागाउँपालिका प्रमुख लामा जिग्मेले प्राचीन गुम्बाको यो वर्ष जीर्णोद्वार बताए। पुनर्निर्माणका लागि ठूलो परिमाणमा रड, सिमेन्ट, जस्तापाता ओसार्नुपर्ने भयो, त्यही पनि थोरै अवधिभित्रै।

भूकम्पले भत्किएका ल्होको सयौं घर यही साल पुनर्निर्माण गर्नुपर्ने भयो। निजी आवास अनुदानका लागि पुनर्निर्माण प्राधिकरणले दिएको समयसीमाका कारण जस्तापातालगायत सामग्री छिट्टै ओसार्नुपर्ने भयो।

कही झोलुंगेपुलका लठ्ठा र ग्याभिन जाली, ट्रस्टहरू, फलामे पिलर, अजंगका फलामे पाता, कतै खानेपानी योजनाका ठुल्ठूला पाइपका रोल, कतै लघुजलविद्युत्का ठूला पाइप त कतै पोलहरू बर्खा नलाग्दै ओसार्नुपर्ने भयो।

lekbesi

सामानवालाहरूले गोरखा र धादिङको सीमामा रहेको सल्यानटारको मैदानमा महिनौं लगाएर सामान ओसारे अनि थुपारे पनि। श्री एयरलाइन्ससँगको लामो बार्गेनिङपछि एमआई सेभेन्टिन (१७) हेलिकोप्टर मगाएर।

दुई महिना भयो हेलिकोप्टरले निरन्तर सामान ओसारिरहेको छ। हेलिकोप्टरले प्रोकसम्म एक पटकको ढुवानीको तीन लाख र त्यसभन्दा माथि एक पटकको पाँच लाख रुपैयाँसम्म लिने गर्छ।

साविक सामागाउँ गाविसका सामागाउँ, साम्दो, ल्हो गाविसको स्याला, ल्हो, स्यो, ल्ही, प्रोक गाविसको प्रोक, नाम्रङ, क्वाक, छाक, गप, बिही गाविसका बिही, क्य्राक, बिफेदी, ड्याङ, रानाका सामानहरू सल्यानटारबाट दिनहँु हेलिकोप्टरले ओसारिरहेको छ।

साविक सिर्दीबासको फिलीम, न्याक, न्याफेदी, आँगासस्र्यु, पाङसिङ, घट्टेखोला, सल्लेरी, जगत, पातीका विकास निर्माणका लागि सामानहरू चुम्चेत गाविसका लोक्पा, सिप्चेत (रिप्चेत), चुम्लिङ, चुम्चेत गाउँ बनाउने सामानहरू र छेकम्पार गाविसका छेकम, लार, लामागाउँ, फुर्पे, छुले, निलेमा हेलिकोप्टरबाट सामानको ढुवानी भइरहेको छ।

उहिया गाविसको दुङ्ला, उहिया, खोर्ला गाउँ बनाउने सामान, केरौंजा गाविसको रुन्चेत, हुलचुक, केरौंजा गाउँ विकास गर्ने सामान पनि दुई महिनादेखि हेलिकोप्टरले ओसारिरहेको छ।

‘वृद्धा श्रम, गुम्बा, खानेपानी योजना, आमा समूहको भवन, बारी तारबार, लघुजलविद्युत्को काम भइरहेको छ’, वडा नं ४ का वडाध्यक्ष पेमाडुण्डुप लामा भन्छन्, ‘त्यसलाई चाहिने सामान हेलिकोप्टरबाट ओसारिरहेका छौं।’ सामान ओसार्न हेलिकोप्टरमा पालो पाउन पनि धेरै कुर्नुपर्छ। हेलिकोप्टरले एकपटकमा तीन हजार किलो सामान ओसार्न सक्छ।

हेलिकोप्टरले साम्दो र सामागाउँका लागि भने २५ सय किलो मात्रै बोक्ने त्यहाँका वडाध्यक्ष वीरबहादुर लामा बताउँछन्। लमजुङ, मनाङ हुँदै खच्चडमार्फत ढुवानी गर्दा प्रतिकिलो ९० रुपैयाँ तिर्नुपर्छ। तर, हेलिकोप्टरमा प्रतिकिलो दुई सय २० रुपैयाँ तिर्नुपर्ने साम्दोका निमा दोर्जे बताउँछन्।

उहियादेखि प्रोकसम्म प्रतिकिलो १ सय १८ रुपैयाँ, ल्होको लागि प्रतिकिलो १ सय २८ र सामा र साम्दोका लागि प्रतिकिलो १ सय ६६ का दरले हेलिकोप्टरलाई भाडा तिर्नुपर्छ। सामान किन्नभन्दा ढुवानी गर्न महँगो पर्ने उनको गुनासो छ।

चुमनुब्रीका सबै (सातै) वडाका दर्जन बढी गाउँका बासिन्दाको भरोसा हेलिकोप्टर नै हो। यस्तै कथाव्यथा धार्चे गाउँपालिका वडा नं १, २, ३ उहिया, खोर्ला, हुलचुक, दोभान र केरौंजा गाउँमा पनि छ। यी गाउँमा पुग्न मोटरबाटोबाट डेढदेखि दुई दिनसम्म हिँड्नुपर्छ।

महँगो ढुवानीका कारण दुर्गमकावासी योजना पाउँदा पनि खुसी नभएका गुरुङ बताउँछन्। ‘यस्तो योजना तपाईंको गाउँलाई पारिदिऊँ, गर्न सक्नुहुन्छ ? भनेर हाकिमहरू सोध्छन्’, उनी भन्छन्, ‘भो भन्न लाजमर्दो भइहाल्छ। हुन्छ, पार्दिनुस् भनूँ भने बजेटजति ढुवानीमै सकिन्छ। काम गर्ने पैसा पुग्दैन।’ दुर्गम गाउँका उपभोक्ता समितिमा कोही पनि बस्नै नमान्ने गरेको पनि उनले सुनाए।

यी दुई गाउँपालिकाले जिल्लाको झण्डै ५० प्रतिशत भूभाग ओगटेका छन्। हिमाली र उच्च पहाडी क्षेत्र भएकाले जनसंख्या भने कम छ।

अन्तिम गाउँ साम्दो पुग्न सदरमुकामबाट सोतीसम्म मोटरमा र त्यहाँबाट सात दिन पैदल हिँड्नुपर्छ। छुलेनिले पुग्न पाँच दिन पैदल हिँड्नुपर्छ। हिमाली भेग भएकाले चुमनुब्री गाउँपालिकाकामा हुने उब्जनीले उब्जनीले तीन महिना पनि परिवार पाल्न कठिन छ।

नेपाल खाद्य संस्थानको मद्दतमा सरकारले सहुलियतको चामल सिर्दीबास फिलीमसम्म पु¥याउँछ। तर, खाद्यान्न बिहीसम्मका स्थानीयले मात्र उपभोग गर्न पाउँछन्। त्यसभन्दा माथि ढुवानी अनुदानको चामल नपुग्ने स्थानीयहरू बताउँछन्।

निर्माण सामग्री मात्र होइन, अधिकांश बासिन्दाले खाद्यान्नसमेत हेलिकोप्टरबाट ओसार्छन्। ‘बर्खाभरि दुःख गरेर जडिबुटी, यार्सागुम्बा संकलन गरेर बेचेको पैसाले हिउँदमा हेलिकोप्टर उडाएरै सकिन्छ’, चुमकल्याण समितिका अध्यक्ष निमा भन्छन् ‘वर्षौंदेखि दुर्गमको अवस्था यसरी नै गुज्रिएकाले विकास नभएको हो।’