suekhet
bheriad

नवलपरासीमा प्रथम अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिताको उद्धघाटन ,

lekabesi

फागुन ३ , नवलपरासी – नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिकामा प्रथम अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता २०७५ को बिहिवार उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसको महामन्त्री डां. शशांक कोइरालाले शुभकामना दिने क्रममा खिलाडी धेरै हुन्छन तर खेल मैदानमा उत्रिएपछि खेलको प्रतिभा हेर्न सकिन्छ । खेललाई प्राथमिकता दिइएर खेलबाट शरीर स्वस्थ्य र दिमागको संतुलन राम्रो हुने कोइरालाले बताए ।

स्वस्थ्यको लागि खेल राष्ट्रका लागि खेल स्वभाविक नै हो स्वास्थ्य छ भन्ने खेल सम्भव छ र स्वास्थ भई अगाडी बढछ । अहिले खेलकै माध्यमबाट खिलाडीहरु नेपाललाई विश्वमा चिनाउन सफल भएको छ ।

युएईमा भएको खेलबाट नेपालको इतिहास बनाई खिलाडीहरुले नेपालको मान सम्मान अगाडी बढाएको पूर्व गृहराज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कंडेलले बताउनु भएको छ ।

त्रिवेणी धाम र मदार बाबा स्थान नवलपरासीको धार्मिक धरोहर हो यसलाई कसरी प्रदेश नम्बर ५ मा फिर्ता ल्याउने चिन्ताको बिषय बनेको कंडेल ले बताएका छन ।

पहिलो उद्धघाटन खेल आर्दश माध्यमिक विद्यालयको मैदानमा ए.पि.एफ. र जिल्ला भलिबल संघ नवलपरासी बिच भएको थियो जसमा ए.पि.एफले नवलपरासीलाई पराजित गरेको आयोजकले बताएका थिए ।

ए पि एफ, जिल्ला भलिवल संघ नवलपरासी , मणिमुकुन्द स्पोर्ट्स क्लब रुपन्देही, नवलपुर भलिवल संघ, लखनउ रेलवे यु.पी भारत र गोरखपुर स्पोर्ट्स कलेज भारत गरि ६ वटा टिमहरु सहभागी भएको छन ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११, द्वितीय हुनेले ५१ हजार १ सय १ रुपैया र तृतिय हुनेले २५ हजार १ सय १ रुपैया प्राप्त गर्ने गाउपालिका अध्यक्ष राजकुमार शर्माले जानकारी गराए ।

अध्यक्ष कप उद्धघाटन कार्यक्रमको अध्यक्ष राजकुमार शर्मा, प्रमुख अतिथि नेपाली कांग्रेसको महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा. शशांक कोइराला, विशिष्ट अतिथि नवलपरासी पश्चिम क्षेत्र नं.-२ को प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कंडेल, रामग्राम नगरपालिका प्रमुख नरेन्द्र गुप्ता उपप्रमुख रम्भा कुवर, सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरी, घनश्याम यादव प्रतापपुर गाउपालिकाको प्रशासकीय प्रमुख बोधराज बस्याल वडाध्यक्षहरु हेमेन्द्र पंजियार, कादिर अलि ईश्वरी चौधरी लगायतको उपस्थिति रहेको थियो ।

 

अंगद यादव / नवलपरासी पश्चिम ,,