suekhet
bheriad

कलाकारले पनि जात्रै देखाउन थाले भिडियो तल छ ,

lekabesi

२०७६ बैशाख २७ मा कालाकार हरु मिलेर जात्रै जात्रा देखाउने भएका छन् । यो एउटा सिक्वेलको रुपमा बनेको चलचित्र हो ‘जात्रै जात्रा’ले सुरुवातमा फागूण १७ गतेलाई प्रदर्शन मिति तय गरेको थियो ।

तर, चलचित्रका मुख्य नायक विपिन कार्कीको बाइक दुर्घटनामा परेर खुट्टा भाँचिएपछि चलचित्रको छायांकन प्रभावित भएको थियो । चलचित्रको छायांकन प्रभावित भएका कारण प्रदर्शन मिति पनि प्रभावित भएको थियो ।

चलचित्रलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् जुन चलचित्रलाई रविन्द्र सिंह बाँनियाले प्रस्तुत गरेका छन् चलचित्रमा यादव पौडेल र सिंगे लामाको लगानी छ । चलचित्रमा विपिन कार्की, बर्षा राउत, रविन्द्र झा र रविनद्र सिंह बाँनियाको मुख्य भूमिका छ ।

चलचित्र ‘जात्रै जात्रा’मा नायक दयाहाङ राइलाई भने विशेष अवतारमा देख्न सकिनेछ । जात्रै जात्राले आँउदो आइतबार ‘माया पिरिम’ बोलको गीत आइतबार सार्वजनिक गर्ने तयारी गरेको छ ।गीतमा करिश्मा मानन्धर, निश्चल बस्नेत, सारा सिर्पालीको नृत्य हेर्न सकिनेछ ।