surkhet

भारतिय चर्चित गायक सोनु निगम नेपालमा

पुस १०

surkhet

काठमान्डौ – भारतका चर्चित गायक सोनु निगम बुधबार काठमाडौं आइपुगेका छन् ।

बुधबार बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रममा गुञ्जिन उनी आइपुगेका हुन् । नेपालीसँग उनको यो पहिलो साक्षात्कार हो ।

क्रिसमस अवसरमा आज बेलुका आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिन चर्चित भारतीय गायक सोनु निगम अपरान्ह काठमाडौं आइपुगेका हुन।

Dailekh
Gorkha

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई आयोजक नेपाल टचका पदाधिकारीले स्वागत गरेका हुन । निगमको सांगीतिक समूहका सदस्यहरू बुधबार बिहानै तयारीका लागि आइसकेका थिए ।

निगम विहिबार बेलुका भारत फर्किने तयारी छ । त्यसअघि उनले विहिबार बिहान पशुपतिनाथ दर्शन र पर्वतीय उडान भर्नेछन् ।

निगमले प्रसस्त नेपाली गीतमा आवाज भरीसकेका कारणले पनि उनलाई नेपालमा बोलाउने गरिएको बुझीएको छ। उनको कन्सर्टमा झन्डै १० हजारले मनोरञ्जन लिने बताईएको छ।

salyan