Gold

हावाहुरी बाट ज्यान गुमाउनेको संख्या २७ पुग्यो ,

Naumule Migrate

चैत १८ , वीरगन्ज – हिजो साँझ अचानक आयको आँधी हुरीबाट पर्सामा २६ जना र बारामा एक कनाको ज्यान गयको छ।

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सोमबार १२ बजे बारा र पर्साको विभिन्न स्थानमा हुरी र बतासमा परी ज्यान जानेहरुको संख्या २७ जना पुगेको पुष्टि भएको जानकारी दिए ।

हावाहुरीबाट बाराको फेटा गाउँपालिकास्थित पुरेनियामा सबैभन्दा बढी क्षति पुगेको छ । अहिले स्थानीय प्रशासनले घटनामा कति धनजनको क्षति भएको हो ? त्यसको विवरण संकलन गर्ने कार्य सुरु गरेको छ ।

हावाहुरीबाट थुप्रै पशु पैयापनि मरेका छन् ,एकै छिनमा आएको आँधी हुरीले बस्ति बस्ति उजाड देखिने गरेका छन्।मृतक परिवारमा राहतको कमि हुननदिन सरकारले सबैमा आवहान गरेको छ। साथै घाईते हरुलाई उपचारमा लागिपर्न चिकित्सक हरुलाई सल्हा दिएको छ।

Naumule Badhipahiro