भारतीय नाईका श्रीदेबी को निधन ,,

रंग दर्पण १३ फागुन – मुम्बई – भारतीय कलाकार नाईका श्रीदेवी को मिर्तु भयको छ ।हिर्दयघात का कारण उनको मृतु भयको स्रोतले जनायको छ। उनको गय राति दुबईमा मृतु भयको हो चार वर्ष देखिने आफ्नो कलाकारको करियरमा लागेकी श्रीदेवी ले बाल कालाकार देखि बलिवॊड सम्म थुप्रै कम गरेकिछन। दक्षिण भारतीय फिल्ममा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारको रुपमा ‘सोलहवा साल’बाट हिन्दी फिल्ममा अभिनय शुरु गरेकी थिइन् ।उनले हिम्मतवाला, तोहफा, मिस्टर इन्डिया, नगीना जस्ता सुपरहिट फिल्ममा अभिनय गरिन् ।

जितेन्द्र र श्रीदेवी मिलेर हिम्मतवाला, तोहफा, जस्टिस चौधरी र मवाली जस्ता सुपरहिट फिल्म दर्शकमाझ ल्याएका थिए ।

सन् १९९७ मा फिल्म ‘जुदाई’ पछि श्रीदेवी १५ वर्षका लागि फिल्मबाट बाहिर रहिन् । तर, सन् २०१२ मा इङ्लिस-भिङ्लिस फिल्ममा अभिनय गरिन् । यो फिल्म पनि सुपरहिट भयो ।

सन् २०१७ माा श्रीदवेको फिल्म ‘मम’ रिलिज भएको थियो । श्रीदेवीले फिल्ममा लामो समय काम गरिन् र ‘मम’ उनको ३ सय औं फिल्म थियो ।