एनसेलले बुझाउला त सातदिनमा ३९ अर्ब ६ करोड ६ लाख कर ,,
वैशाख ३ ,काठमाडौँ – दूरसञ्चार कम्पनी एनसेललाई पुँजीगत लाभकर कर तिर्न सरकारले पत्राचार संगै पूर्ण फैसला पठाएको छ । सर्बोच्चले केहि हप्ता अगाडीपनि तीन महिनाभित्रै एनसेलबाट कर असुल्न सरकारलाई आदेश गरेको थियो ।
ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ कर निर्धारण गरेको छ ।ठूला करदाता कार्यालय प्रमुख धनिराम शर्माका अनुसार निर्धारण भए मध्ये २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ पहिल्यै बुझाइसकेको छ। बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ बुझाउनलाई पत्राचार भएको हो।
‘सामान्यतया अन्य कम्पनीहरूलाई कर निर्धारण गर्नुपूर्व उसको कुरा सुन्न सूचना दिने चलन थियो,’ शर्माले भने, ‘यो कर विवादमा एनसेल सहित सर्वोच्च अदालतमै पर्याप्त छलफल भइसकेकाले हामीले सोझै कर निर्धारण गरेका हौँ। अब उसले ७ दिनभित्र बाँकी कर बुझाउनुपर्ने हुन्छ।