राष्ट्रपति भण्डारी चीन प्रस्थान ,,

Naumule

वैशाख, ११ काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणकालागि आज चीन प्रस्थान गरेकी छन् । दोस्रो पटक बेइजिङमा आयोजना हुन लागेको बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनमा भाग लिन राष्ट्रपति बेइजिङ प्रस्थान गरेकी हुन् ।

गणतन्त्र स्थापनापछि पहिलोपटक उत्तरी छिमेकी देश चीनले राष्ट्रपतिलाई आफ्नो देशमा स्वागत गर्न लागेको हो । सम्मेलनमा ३७ देशका सरकार तथा राष्ट्र प्रमुख सहभागी हुनेछन् ।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन प्रधानमन्त्री सहित उच्चपदस्थ सरकारी अधिकारी विदाई गरेका छन् राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा ३४ जना सदस्य सहभागी रहेका छन् ।

 

Gurvakot

उनी पहिलो दिन राष्ट्रपति सि जिनपिङको सहर सान्सी प्रान्तमा बस्नेछिन् । उनी भोलिमात्रै बेइजिङ पुग्नेछिन् । भण्डारी नेपाल वायु सेवा निगमको चार्टर्ड विमानबाट चीन गएकि हुन् भने १९ गते स्वदेश फर्किने श्रोतले जानकारी गरेको छ।

राष्ट्रपति भण्डारीले बीआरआईको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । बीआरआईमा राष्ट्रपति भण्डारीले नेपालको भूमिका र महत्वका क्षेत्रबारे प्रष्ट पार्नेछिन् ।

यद्यपि नेपालले बीआरआईमा आफ्नो योजना पहिले नै पेश गरिसकेको छ । सम्मेलनमा पूर्वाधार विकास, सडक तथा रेल सञ्जाल, आर्थिक विकास तथा सहायता, पर्यटनक्षेत्रको विकास आदिबारे छलफल हुनेछ ।

Bangad kupinde