रुपन्देहीबाट विप्लव नेतृ कल्पना सुवेदी पक्राउ ,,

वैशाख ११ , बुटवल – रुपन्देही प्रहरीले गएराति १२ बजेको समयमा देवदहबाट विप्लव नेतृत्वको कार्यकर्तालाई पक्रा गरेको छ नेकपा रुपन्देहीकी जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रिय सदस्य कल्पना सुवेदीलाई पक्राउ गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए ।

उनलाई आफै घार बाट पक्राउ गरिएको हो सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएयता रुपन्देही प्रहरीले सुवेदी सहित जिल्ला तहका १० जना नेतालाई पक्राउ गरेको छ।

ती मध्ये सैनामैनाका जनसरकार प्रमुख बताईएका रेशमबहादुर खाँड, युवा संगठनका नेता सावद भनिने शेरबहादुर राना र शिक्षक संगठनका नेता रामजी आचर्य सहित ३ जनाले आत्मासमपर्ण गरि रिहा भएका छन र सो पार्टी त्यागेका छन । बाँकी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको एसपी थापाले बताए ।

हिजोमात्र विप्लव नेतृत्वका नेकपाका मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’ सहित ६ जना पुर्पक्षको लागि अदालतले जेल चलान गरेको छ । बिस्फोटक पदार्थमा संलग्न रहेको भन्दै ओलीसहित शिव धमला भन्ने शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परियार भन्ने ईश्वर दमाई, जुम्ली उर्फ विराट भन्ने विर बहादुर कठायतलाई थुनामा पठाउन अदालतले आदेश दिएको हो ।

गत फागुन १० गते नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि बम विस्फोट गराइएको घटनालाई लिएर सरकारले गम्भीर हुँदै मंगलबार ललितपुर जिल्ला अदालतले थुनछेक बहसपछि उनीहरुलाई नख्खु कारागार पठाउन आदेश दिएको हो । विस्फोटबाट एकजनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए ।