नीति तथा कार्यक्रममा रास्ट्रपतिले मेरो सरकार भनेपछि विपक्षि देखि सामाजिक संजालमा विरोध ,,

वैशाख २०, काठमान्डौ – सरकारले गरेको आज नीति तथा कार्यक्रममा रास्ट्रपति विद्यादेवी देवीभण्डारी मेरो सरकारले भनेर सम्बोधन गर्दा चौतर्फी आलोचना भएको छ।

सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको २०६६ / ६७ नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

रास्ट्रपतिले नेपाल सरकार भन्ने ठाँउमा मेरो सरकार भनेर २१ पटक सम्म बोलेकी छिन ।यो कुरालाई लिएर विपक्षि पार्टीबाट चर्को आलोचना गरिएको छ ।नेपालि कांग्रेसका सभापति शेर बहादुर देउवा भन्छन, सरकारको नीति तथा कार्यक्रममा अर्थ न व्यर्थ छ खाली आसपासन बोलिएको छ , मेरो सरकार भन्नु रास्ट्रपतिलाई रहर रैछ ।,

तेस्तै नेपालि कांग्रेसक नेता गगनथापा भन्छन, नीति तथा कार्यक्रममा मेरो सरकार रे यति ठुलो गल्ति कसले गर्यो ? यसलाई सरकारले प्रस्ट पर्नु पर्छ ।

तेस्तै पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सुन्दर निबन्धको संज्ञा दिएका छन् ।

यस्तै साझा विवेकशिलका संयोजक रवीन्द्र मिश्रले राष्ट्रपतिले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अत्यन्त गैरजिम्मेवार र लोकतान्त्रिक भावनाको बर्खीलाप भएको बताए ।

रास्ट्रपतिले मेरो सरकार भनेर वाचन गरेको शब्दलाई लिएर सामाजिक संजालमा पनि चर्को विरोध भयको छ। यो विषयले रास्ट्रपति भण्डारीलाई विवादमा तान्न खोजिएको जस्तो देखिन्छ ।सरसरती बुझ्दा मेरो सरकार भन्नुले राजा माहाराजको सिको गरेको देखिन्छ ।