यस्तो छ राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको नीति तथा कार्यक्रम ,,

वैशाख २० ,काठमाडौँ – सरकारले आगामी आर्थिक बर्ष २०६६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संघीय संसद्‌मा शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष इतिहासकै तीव्र आर्थिक वृद्धि हुने उल्लेख गरेकी हुन् ।

सरकारले गरेका नीति तथा कार्यक्रमहरु ,,

– एक प्रदेश वा एक स्थानीय तहले विकासका असल अभ्यास अर्को प्रदेश वा स्थानीयले अवलम्बन गर्ने उत्पेरित गरिने छ।
– आगामी आर्थिक वर्षबाट २५ वर्षे दीर्घकालीन सोच सहित पन्ध्रौं योजना लागू गर्ने घोषणा।
– आगामी चार वर्षमै दोहोरो अंक (१० प्रतिशत भन्दा माथि) को आर्थिक वृद्धिदर हासिल गर्ने घोषणा।
– ठेकेदार भागेर हाल अलपत्र परेको मेलम्ची खानीपानी आयोजना आउदो वर्ष नै सम्पन्न।
– आगामी वर्ष पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माण कार्य शुरु गर्ने।
– पाँच लाख रोजगारी सिर्जना गर्ने।
– जेठ १ गतेदेखि एकल विन्दु सेवा केन्द्रबाट उद्योगी व्यवसायीलाई सेवा दिने। लगानीकर्तालाई वर्षौदेखि आश्वासन बाडिएको एकल – – – – विन्दु सेवा केन्द्र (एकद्वार निकाय) बल्ल गठन भएको छ।
– उद्योगीलाई सबै सेवा एकै ठाउँबाट दिने गरी गत १६ गते केन्द्र गठन भएको छ।
– आगामी वर्ष सात वटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना।
– सिमेन्टलाई प्रमुख निर्यातयोग्य वस्तुको रुपमा विकास गरिने।
– त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थल २४ सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाइने छ। हाल २१ घण्टा मात्रै सञ्चालनमा छ।
– नदी किनारका जमिन, राजमार्गका सडक किनारा, खेतवारीका काल्लामा फलफुल खेतीलाई प्रोत्साहन गरिने। विद्यालय वा – – – – – विश्वविद्यालयका जमिन पनि प्रयोग लगानइने।
– आगामी वर्षलाई वृक्षरोपण वर्ष घोषणा गरिने।
– सहकारीलाई उद्यमशीलता विकास र कृषिको आधुनिकीकरणमा परिचालन गरिने। सहकारीको नेतृत्वमा कृषि उत्पादन, प्रशोधन र – बजारीकरणका कार्यक्रम ल्याइने।
– सडक सुरक्षा, पर्खाल सहितको सडक बनाइने। सकरारले निर्माण गर्ने सबै सडक कम्तिमा दुई लेनको हुने।
– मौजुदा तथा निर्माणधीन सडकमा सुरुङमार्ग बनाइ लागत घटाइने।
– हुम्ला र डोल्पा जिल्लासम्म सडक पुर्‍याउने घोषणा।
– सम्पुर्ण स्थानीय तहका केन्द्रलाई कालोपत्रे सडकले जोड्ने।
– काठमाडौंलाई चीन र भारतसँग जोड्ने रेलमार्गको निर्माण कार्य दुई वर्ष भित्र सुरु गर्ने।
– ३ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने। आगामी वर्ष मात्रै एक हजार विद्युत उत्पादन गर्ने घोषणा।
– आगामी आर्थिक वर्षबाट योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनमा ल्याउने।
– सामाजिक सुरक्षा रकम वृद्धि गर्ने घोषणा। नीति तथा कार्यक्रमबाट वृद्ध भत्ता रकम घोषणा यो पहिलोपटक भएको हो।
– आगामी ४ वर्षभित्रै बायोमेट्रिक सूचना प्रणालीको राष्ट्रिय परिचयपत्र वितरण गरिने। सबै विवरण यसमा समावेश गर्ने।
– सबै आर्थिक कारोवार बैंकिङ प्रणालीबाट मात्रै गर्ने व्यवस्था गर्ने। हाल १० लाख रुपैयाँ भन्दा बढीको कारोबारलाई बैंकिङ प्रणाली अनिवार्य गरिएको छ।
– सार्वजनिक सवारीसाधनमा यात्राकार्ड लागु गर्ने। ठूला सवारीसाधन सञ्चालनमा प्रोत्साहित गर्ने। हाल ४० सिट भन्दा बढी क्षमताका – सवारीसाधन आयातमा भन्सार छुटको व्यवस्था छ।
– विद्युतीय सवारीसाधन प्रयोगलाई देशव्यापी बनाउन पर्याप्त चार्जिङ स्टेशन बनाइने।
– आगामी दुई वर्षभित्र नेपाललाई साक्षर नेपालको घोषणा
– आगामी आर्थिक वर्षभित्र सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याइने।
– आगामी वर्षभित्र भत्तपुरको दुवाकोटमा वीर अस्पतालको भवन निर्माण सुरु गरिने।
– विकास सहायतालाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने। रेमिट्यान्सलाई औपचारिक प्रणालीबाट मात्रै भित्र्याउने घोषणा।
– सबै प्रकारका आर्थिक प्रणालीको मौद्रिककीकरण गरिने।
– परराष्ट्र नीतिलाई सुदृढ बनाउन बौद्धिक क्षेत्रमा सगरमाथा संवाद कार्यक्रम सुरु गरिने।
– स्थानीय कच्चापदार्थमा आधारित लघु घरेलु उद्योगलाई प्रोत्साहन गरिने।
– चोभारको अन्तर्राष्ट्रिय सुख्खा बन्दरगाहा तीन वर्षभित्र सञ्चालनमा ल्याइने।
– पेट्रोलियम पाइपलाइनबाट आगामी वर्ष पेट्रोलियम पदार्थ आयात गरिने।
– कृषकहरुलाई समयमै उन्नत मल बीउ उपलब्ध गराउने प्रतिवद्धता।
– विषादीजन्द पदार्थको नियमन र अनुगमनका लागि विशेष व्यवस्था गरिने।
– युवाहरुलाई कृषिमा आकषिर्त गर्ने कार्यक्रम ल्याइने। कृषिलाई उद्योगको रुपमा विकास गर्ने।
– अतिक्रमित जग्गा आगामी वर्ष सरकारीकरण गरिसक्ने। सार्वजनिक जग्गामा अतिक्रमण हटाइने। अतिक्रमण गर्नेमाथी छानविन र कारवाहीको घोषणा।
– रामायण सर्किट अन्तर्गतको सडक निर्माणलाई प्राथमिकता दिइने।
– गुणस्तरीय पर्यटक भित्र्याउन सेवाको गुणस्तर वृद्धि गर्ने। पर्यटक भित्र्याउन विन्नि देशसँग हवाई सेवा सम्झौता गर्ने। नयाँ हवाई रुटका लागि छिमेकी राष्ट्रसँग सम्झौता गरिने।
– सार्वजनिक सहरमा सवारी साधन व्यवस्थित गर्न प्रमुख सहरमा बहुतले पार्किंङ भवन बनाइने। सर्वाजनिक सवारीले जाँच गराउन – फिटनेश सेन्टर बनाइने। त्यस्तो सेन्टरमा सार्वजनिक सवारीसाधनले अनिवार्य परीक्षण गराउनुपर्ने।
– जोखिमयुक्त वस्तीमा रहेका सर्वसाधारणलाई सुरक्षियत स्थानमा आवासको व्यवस्था गरिने।
– काठमाडौ उपत्यकामा ३ हजार अट्ने क्षमताको सम्मेलन केन्द्र निर्माण गरिने। तीन वर्षभित्र ५ हजार अट्ने सम्मेलन केन्द्र निर्माण। – सबै प्रदेशमा सम्मेलन केन्द्र निर्माणको प्रारम्भिक काम गर्ने।
– सिनेमा पर्यटन प्रवर्द्धन गर्ने। छायांकन गर्न नेपाल आउने विदेशीहरुका लागि एकद्वार प्रणालीबाट सेवा उपलब्ध गराइने।
– आगामी दुई वर्षभित्र पुनिनिर्माण कार्य सक्ने घोषणा।
– आगामी दुई वर्षभित्रमा प्राविधिक विद्यालय सञ्चालन गरिने। सबै सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण गरिने।
– २०७६ देखि ०८५ सम्मलाई सार्वजनिक विद्यालय सुधारको दशक मानिने।
– देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि निःशुल्क प्याड उपलब्ध गराइने।
– टोल-टोलका नागरिकका लागि आरोग्य कार्यक्रम सञ्चालन।
– महिलाहरुका लागि क्यान्सर र स्तन क्यान्सरकाका लागि निःशुल्क परीक्षण र खोप कार्यक्रम ल्याइने।
– नियामक निकायको व्यवस्था गरी श्रम निरीक्षण र श्रम अडिट गर्ने।
– श्रमिकको न्यूनतम पारिश्रमिक बैंकबाटै भुक्तानी गर्नुपर्ने व्यवस्था मिलाइने।
– श्रमिकको न्यूनतम पारिश्रमिक बैंकबाटै भत्तानी गर्नुपर्ने व्यवस्था मिलाइने।
– महिला हिंसा हुन दिन नदिने। हिंसा पिडितहरुका लागि पुनर्स्थापना केन्द्र स्थापना गरिने।
– दुर्गम क्षेत्रमा सुत्केरीहरुको उद्धारका लागि हवाई सेवा दिने।
– सबै प्रदेशमा सुविधासम्पन्न रंगशाला। स्थानीय तहमा दीर्घकालिन महत्वको खेलग्राम स्थापना।
– सन २०१९ भित्रै दक्षिण एसियाली खेलकुद प्रतियोगीता आयोजना गरिने।
– निरपेक्ष गरिबी अन्त्य गरिने। अब नेपालका कोहि भोक पर्दैन, भोकले कोही मर्दैन।

– निरपेक्ष गरिबी अन्त्य गरिने। अब नेपालका कोहि भोक पर्दैन, भोकले कोही मर्दैन।
– उच्च पदमा कार्यरत कर्मचारीहरुसँग कार्यसम्पादन करार गर्ने।
– कर्मचारीको सेवा सुविधा पुनमुल्यांकन गरिने।
– विकास आयोजनाहरुमा तीन सिफ्टमा काम सञ्चालन गरिने।