मिडिया काउन्सिलसम्बन्धी विधेयक परिमार्जन हुनसक्छ नारायणकाजि श्रेष्ठ ,,

जेठ, १ गोरखा – सरकारले संसदमा पेश भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक परिमार्जन हुन सक्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

सरकारले मिडिया काउन्सिलमा अंकुस थापेको भन्दै पत्रकार माहासंघले आन्दोलन पनि गरेको छ । बुधबार नेकपा जिल्ला कमिटीका पदाधिकारीको सपथ ग्रहणका लागि गोरखा आएका श्रेष्ठले पत्रकारसँग कुराकानी गर्दै प्रेस स्वतन्त्रता माथि अंकुश लगाउने पक्षमा सरकार नरहेको बताए ।‘

संसदमा विधेयक प्रस्तुत गर्दैमा त्यसले पूर्णता पाउदैन,’ उनले भने, ‘पत्रकार जगत र अन्य पक्षसँग छलफल गरेर परिमार्जन गर्न सकिन्छ । प्रेस स्वतन्त्रतामाथि कुनै कुठराघात गर्ने र अंकुश लगाउने पक्षमा सरकार नरहेको भन्दै उनले त्यो दिशा तर्फ सरकारको कदम नचल्ने दावी गरे ।

तर मिडियामा सरकार तिर जसले पनि नराम्रो लेख्ने गरेको हुनाले यो कसरि हुन्छ परिमार्जन हुन पर्छ उनले भने । सरकारको विरोध गर्न मिल्छ तर सामाजिक संजालमा गरिएका अपच गालि गलैच जुन छन्, तेस्लाई कुन तवरले हेर्ने भन्ने सरकारले हेर्छ र विधयकमा परिमार्जन सरकारले गर्छ श्रेष्ठले भने।