Gold

ग्यान्नेद्र शाही माथि सुर्खेत प्रहरीको चरम यातना ,,

Naumule Migrate

जेठ १७ , काठमान्डौ – नागरिक समाजका अभियन्ता ग्यान्नेद्र शाहमाथि सुर्खेत प्रहरीले चरम यातना दिदै निर्घात कुटपिट गरेको छ।शाहीको कपडा समेत खोलेर नांगै पारेर कुट्दै सुर्खेत बाट काठमान्डौ ल्याउँदा प्रहरीको टिसटमा ल्याईएको शाहीले बताए।

ज्ञान्नेद्र शाही भ्रस्टाचार विरुद्दको अभियानको कार्यक्रममा बोल्दा सुर्खेत प्रहरीले एक्कासी उनीमाथि धड्पकड़ गर्दै उनीमाथि लाठि चार्ज गरेको थियो ।,कर्णाली प्रदेशको मालेपामा भयको बेरुजु ४४ करोडको भ्रस्टाचारको अवाज कार्यक्रमबाट बोल्दा शाही माथि प्रहरीले आक्रामक शैलीमा कुटपिट गरेको उनि बताउछन्।,

शाहीको आँखामा लगाएको चस्मा समेत खोसेर प्रहरीले लात्तीले कुचालेको छ। सुर्खेत प्रहरीका डिएसपी प्रदिप क्षेत्रि ,नेपाल प्रहरीका ईन्स्पेक्टर निरन्जन घिमिरे ,र अर्का सहि साप भक्ति खनालले ज्ञानेन्द्र शाही माथि सुनियोजित ढंगले निर्माण कुटपिट गरेका हुन् ।जनताको सुरक्षा गर्ने प्रहरीले बिना पुर्जीनै गिरफ्तार गरि साईबर क्राईमको केस लागेको छ भन्दै आरोप लगाएर कुटपिट गरेको शाही बताउछन ।

शाहीलाई जबर्जस्ति ढल पकड गर्दै चौकीमा लगेर म तेरो बाबु हो भन्दै शरीर भरि निलडाम हुने गरि निर्घात कुट्पिट गरेका छन्। कुटपिट गरेका शाहीलाई सुर्खेत देखि काठमान्डौ सम्म ल्याउदा काक्रेबिहार याता यातको बसमा पछाडिको सिटमा बसाली १८ घण्टाको बाटोमा पानि समेत पिउन त् के बोल्न समेत नदिएको शाही बताउछन।

शाही भन्छन मेरो पछाडीपट्टि हत्कडी लगाईयो खुट्टाको पैतालामा नाङ्गै पारेर रगत आउने गरि कुटियो १८ घण्टाको बाटोमा पिसाब समेत गर्न दिईएन ।

देशलाई भ्रस्टाचार बनाउनु पर्छ भन्ने अभियानमा लागेका शाहीमाथि यसरी कुटपिट गरिनु भनेको कानुनी राज्यको उपहास हो। कर्णाली प्रदेशको भ्रस्टाचार र बेरुजु बारे कार्यक्रममा बोल्दा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

लोकतान्त्रिक गणतन्त्रको बारेमा नेपालि हरुको बुलन्द आवाज दबाउने हेतुले अमानविय कुर व्य्वाबहारले उनि माथि यसरि कुटपिट गरिनुमा सरकारनै दोषी रहेको देखिन्छ।

शाही माथि कुटपिट गर्ने उच्च श्रोतका प्रहरीलाई हदै सम्मको कारबाही हुने कि न हुने भन्ने जवाफ पर्खिन पर्ने छ। ज्ञानेन्द्र शाहीमाथि भयको निर्घात कुटपिट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलेको निर्देशनमा भयको ज्ञानेन्द्र शाही बताउछन  ।

 

Naumule Badhipahiro