Simta
Gurvakot
Gurvakot

भारतलाई बुधबारबारबाट रिलिज हुनदिने अद्लातको आदेश ,,

चलचित्र भारतलाई बुधबारबाट रिलिज हुनदिन अद्लातले आदेश गरेको छ ।चलचित्र विकाश बोर्डले कुनै पनि भाषाको चलचित्र शुक्रबार मात्र रिलिज हुनपर्ने अडान राख्दै वैशाख ४ गते हिन्दि चलचित्र कलंक लाई रोकेको थियो ।

। यो चलचित्र शुक्रबार मात्र नेपालमा रिलिज भएको थियो । बोर्ड अध्यक्ष केशव भट्टराइले भारतमा वुधबारदेखि नै रिलिज हुन लागेको चलचित्र ‘भारत’लाई पनि शुक्रबारमात्र नेपालमा रिलिज हुन दिने अडान राखेका थिए । नेपाली चलचित्रको हित विपरित कुनै पनि काम हुन हुँदैन भन्ने अडान अध्यक्ष भट्टराइको थियो ।

lekbesi
Simta

तर, ‘कलंक र भारत’लाई नेपालमा वितरण गर्न लागेको ब्यांकटस इन्टरटेन्मेन्टले चलचित्र विकास बोर्डको निर्णय विरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेको थियो । सोमबार दायर गरिएको मुद्दामा सोमबार नै फैसला सुनाउँदै जिल्ला अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्न आदेश दिएको छ ।

जिल्ला अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्न चलचित्र विकास बोर्डलाई सचेत तुल्याएपछि अब बुधबार नै नेपालमा ‘भारत’ रिलिज हुनेछ । ब्यांकटस इन्टरटेन्मेन्टका प्रमुख मनोज राठीले भने,हाम्रो यो स्वतन्त्र व्यवासय हो । हाम्रो यो व्यवसायमै रोक लगाउन थालेपछि हामीले उजुरी दिएका थियौ ।

अदालतले हाम्रो पक्षमा फैसला गरेको छ ।’ उनले, अब ‘भारत’ मात्र नभएर अन्य चलचित्र पनि जुनसुकै मितिमा रिलिज हुने प्रष्ट पारे । बलिउड नायक सलमान खानको भारत रिलिज भुने भएपछि हिन्दुस्तानमा उमङ्ग आएको छ चलचित्र भारतको निकै प्रचार बाजी भएको देखिन्छ नायक सलमान खानले अभिनय गरेका चलचित्रले अहिले सम्म भने जति भन्दा बढी कमाई गरेको देखिन्छ।