suekhet
bheriad

काठमाडौंमा इदुल्ल फित्रको रौनक,,

lekabesi

जेठ २२ , काठमाडौं- आज देशैभरका मुस्लिम धर्मावलम्बीहरूले ‘इद उलफित्र’ पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन् ।

नेपलामा पनि काठमाडौं घण्टाघरस्थिम दुई मस्जिदमा बिहानै मुसलमानले नमाज अदाका साथै एकअर्कालाई ‘इद मुवारक’ भन्दै शुभकामना आदान,प्रदान गरेका छन् ।

आपसी भातृत्व र खुशीयाली पर्वको रुपमा मनाउने गरिएको यस पर्वमा मुस्लिम धर्मावलम्बीले आफ्ना देउता अल्लाह प्रति कृतज्ञता प्रकट गर्न मस्जिदमा नवाज अदा गर्नुका साथै सुख, शान्ति, एकता र उन्नतिको कामना गर्छन् ।

आज नेपालमा पनि सरकारले सार्वजानिक विदादि एको छ यस पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नयाँ वस्त्रधारण गर्ने र मस्जिदमा पुगेर नमाज पढ्नाका साथै गरीबलाई दान दिने गरेका छन् भने ।

आज गरिबलाई मिठा मिठा खानेकुरा फलफुल वितरण गर्ने गर्दछन आत्मशुद्धिका लागि एक महिनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि आज बिहानदेखि इद उलफित्र पर्व मनाउन लागिएको हो ।