Gold

भर्खर आयो कैलाली कञ्चनपुरमा भिषण आँधीहुरी २० जना भन्दा बढी घाईते केहीको अवस्था गम्भीर ,,

Naumule Migrate

जेठ २३ , कैलाली – सुदूरपश्चिमका दुई जिल्ला कैलाली कञ्चनपुरमा बिहिबार साँझ साँझ ८ बजेतिर भिषण आँधी हुरी आएको छ ।

जसबाट २० जना घाईते भएका छन् ।भने केहीको अवस्था गम्भीर भएको प्रहरीले जानकारी गरेका छन्। आँधी हुरीले ठुला रुखहरु ढल्नुका साथै घरका छानो उडाउने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीले जानकारी दिए ।

विशेषगरी महेन्द्रनगर र आसपासको क्षेत्रमा हुरीको प्रभाव परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए । आँधी हुरीले रुख ढल्दा सडक अबरुद्द बनेको छ भने मानवीय क्षति भएको छ या छैन भन्ने एकिन हुन बाँकीनै छ।

हुरीको धेरै प्रभाव कैलालीको धनगढी र कञ्चनपुरको भीमदत्तनगर क्षेत्रमा बढी परेको छ। हुरी संगै असिना पनि अत्यधिक परेको हुनाले प्रहरीले कुनैपनि कसुर नराखी रातिमा पनि उद्दार कार्यमा लागिपरेको छ।

गत आईतबार मात्रपानी नवलपारासी पश्चिममा आँधी हुरीले ठुलो क्षति पुगेको थियो, सयौ बिघाहामा लगाईएको केरा खेति नस्ट गरेको थियो ।

Naumule Badhipahiro