चलचित्र ‘लभ यू हमेशा’को फस्टलुक सार्वजनिक,,

चलचित्र ‘लभ यू हमेशा’को फस्टलुक सार्वजनिक गरिएको छ । चलचित्रलाई भाष्कर प्रधानले कथा निर्देशन गरेका छन् ,भने शिब ढकालले छायांकन,गरेका हुन्।

चलचित्रको मुख्य भूमिकामा यशराच गरज, ऋचा थापा, फिजा योन्जनको मुख्य भूमिका छ ।धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सहनिर्माता रहेको चलचित्रमा शिशिर राणा, गोपाल ढकाल ‘छन्दे’, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा एनबी महर्जनको एकसन, भासुको संगीत, कमल राईको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ । चलचित्र लभ स्टोरी कथामा तयार भएको छ।

lekbesi

भदौ ६ गते चलचित्रलाई प्रदर्शन मिति तोकेको निर्माण पक्षले जानकारी गरेको छ ।चलचित्रको छायांकन भारतको कालेबुङ, सिलगुडी तथा केहि काठमाण्डौमा गरिएको हो ।