suekhet
bheriad

एसईईको नतिजा प्रकाशन यसैसाता हुने ,,

lekabesi

असार १०, काठमान्डौ – एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

नतिजा प्रकाशनको लागि आवश्यक तयारी जारी रहेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए ।

१४ गतेभित्र नतिजा निकाल्ने तयारि गरिरहेका छौ अधिकारीले भने ।२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो ।

संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए ।

तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।