गलबन्दीको कुरा आजपनि संसदमा जातिय द्वन्द निम्त्याउन खोज्ने जोकोहीलाई पनि कारबाही हुनपर्ने सासंदको माग ,,

असार १० , काठमान्डौ – प्रतिनिधिसभामा आज बसको बैठकमा पनि विवादित बनेको गीत गलबन्दीको कुरा उठ्नुको साथै गीतको नाममा जातिय कुरा गरेर सिंगो जातिय समुदयामा आँच पुर्याउने हर्कत गर्ने जो कोहिलाईपनि कारबाही हुनपर्ने माग सांसदहरुले राखेका छन् ।

सांसद बिमला बिक र सांसद महेश्वर जंग गहतराजले प्रकाश सपुत र शान्तिश्री परियारले गायको गलबन्दी च्यातियो बोलको गीत बाँझियो भनी दाबी गर्ने शम्भु राईलाई समर्थन गर्ने नाममा कलाकार र सर्जकमाथि अपमान गर्ने काम भएको भन्दै दोषीलाई कानुनी दायराभित्र ल्याएर अबिलम्ब कारवाही गर्न माग गरेका छन् ।

गीतको नाममा सिंगो समुदायलाई नै अपमानित गर्ने गरि सामाजिक संञ्जालमा भइरहेका गतिविधि नियन्त्रणका लागि सरकारलाई गम्भीर कदम चाल्न माग पनि गरेका छन् ।

lekbesi