नेकपामा एमाले १८ ,माओवादी १४ को सहमति ,,
असार ३१ , काठमान्डौ – सत्तारुढदल नेकपाले आज पार्टीएकता विषयलाई अन्तिम टुँगो लगाएको छ । (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भयको पार्टी एकतालाई सचिवालय बैठकले पूर्णता दिने सहमति भएको छ ।
उक्त बैठक साउन ५ गते बस्ने छ लामो समय पछिको छलफल पछि पार्टीले आज बसेको बैठकले टुँगो लगाएको हो । पार्टीको ३२ मध्ये १८ वटा तत्कालीन एमाले र १४ वटा तत्कालीन माओवादीको भागमा परेको छ ।
‘व्यक्ति भने टुंगो नलागेको एक नेता बताउछन। संगठन, स्कुल, प्रचार लगायतका विभागमा कसलाई ल्याउने भन्ने ठूलो रस्साकस्सी छ । संगठन विभागमा रामबहादुर थापा बादल र बामदेव गौतमको दाबी छ ।
भने स्कुल विभागमा ईश्वर पोखरल र नारायणकाजी श्रेष्ठको दाबी छ ।केन्द्रीय सल्लाहकार समिति, जेष्ठ कम्युनिस्ट मञ्च र तीन आयोगबारे सचिवालयमै छलफल गर्ने सहमति भएको छ ।
त्यो बैठकबाट जिल्ला इञ्चाज तथा सहइञ्चार्ज तोक्ने, सम्पर्क मञ्चबारे पनि निर्णय गर्ने सहमति जुटेको छ ।दुई अध्यक्षले गरेको निर्णयलाई भने स्थाई कमिटिले अनुमोदन गर्ने महासचिव बिष्णु पौडेलले बताए ।