suekhet
bheriad

संगीतकार रुद्र जीएमले ल्याए तिजको गित मादलु तालैम,,

lekabesi

बजारमा करिब करिब महिला हरुको चाड हरितालिका तिज नजिकिदै गरेको छ ।सामाजिक संजाल देखि गाँउ टोलमा तीजका भाका घनकिन थालेका छन्।

तेस्तै अवसरमा कलाकार पनि तीजका गितको भिडियो निर्माणमा आफ्नो स्वर दिन तिब्र रुपमा लागिपरेका छन्।

तिज नजिकिएको बेला संगीतकार /गायक रुद्र जीएम पनि तिजको रमाईलो गित निर्माण संगै आफ्नो स्वर दिन अगाडी परेका छन् ।

बजारमा जीएमले संगीत गरेका थुप्रै गितमा बजीरहेका छन्। भर्खर मात्र बजारमा आएको तिजको गित नाच मायामा रुद्र जीएम को संगीत एरेञ्ज , शब्द स्वर रहेको छ भने गितमा करिश्मा घर्ति मगर दुर्गा मल्लको पनि स्वर छ।

शंकर बिसी र करिश्मा ढकालको दमदार अभिनय रहेको नाच माया गितलाई शंकर बिसीले निर्देशन गरेका हुन् भने दुर्गा पौडेलले सिनेमाट्रोग्राफी गरेका हुन् ।

नबिन घर्ति मगरको सम्पादन रहेको गितलाई ईजि ईन्टरटेनमेन्टले बजार ब्यबस्थापन गरेको छ ।गितलाई दुर्गा मल्लले प्रस्तुत गरेकी हुन् ।
समग्र रुपमा गितको अडियो भिडियो देखि कलाकार सम्मको पक्ष राम्रो देखिन्छ ।

गितको अडियो मिक्सिङ् बागबजारमा रहेको शंकरा स्टुडियोमा कुमार सानु पुनले गरेका हुन्। हेर्नुहोस यो नाचौ नाचौ लाग्ने तिज भिडियो।