चलचित्र पासवर्ड’को फस्टलुक सार्वजानिक ,,

चलचित्र ‘पासवर्ड’को फस्टलुक सार्वजनिक गरिएको छ । चलचित्रले आइटम गीतपनि सार्वजानिक गरेको छ ।जसमा बलिउड नायिका सन्नी लियोनीले आइटम डान्स गरेकी छिन।

चलचित्रमा मुख्य नायक अनुप विक्रम शाही र विक्रम जोशी छन् । साथमा बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको भूमिका छ ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्रमा हिरल जोशी र अमित बस्नेतको लगानी छ ।सम्राट बस्नेतको निर्देशनमा तयार भएको चलचित्र भदौ २७ गतेबाट प्रदर्शनमा आउने छ।

lekbesi