फेसबुकमा गाली गर्नुको साटो पर्यटक पठाउनुस्, पर्यटनमन्त्रि योगेश भट्टराई ,,
साउन २३ , काठमान्डौ – नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रवासी नेपालि हरुलाई सामाजिक संजालमा गालि गर्नुको सट्टा सबैले एक एकजना पर्यटक नेपाल पठाउना आग्रह गरेका छन् ।
भट्टराईले नेपाल भ्रमण वर्षमा ५० लाख पर्यटक भित्र्याउन सकिने बताउदै यसको लागि प्रवासीमा रहेका नेपालिले एक एक जना पर्यटक पठाउन सक्नेभन्दै सम्भव रहेको बताए ।
लुम्बिनी विकास कोषको विशेष वैठकमा सहभागी हुन जाने क्रममा बुटवल आइपुगेका भट्टराईले प्रबासीहरुलाई यस्तो जानकारी गरेका हुन् ।विदेशमा पुगेका नेपालि हरुले सामाजिक संजालमा सरकारले यो गरेन उ गरेन भनेर लेख्नु भन्दा एक जना मात्र भए पनि पर्यटक पठाउन आग्रह गरे ।
एदि कसैले त्यो भन्दा बढी पर्यटक पठाउछ भने के सुविधा वा सहयोग गर्नुपर्छ, त्यो हामी घोषणा गर्छौं उनले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई विश्वासका साथ् यो जिम्मेवारी सुम्पेको हुनाले आफुले पनि त्यो कर्तव्य निभाउने पनि बताए ।
साथै गौतमबुद्ध विमानस्थललाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको स्मरण गर्दै भट्टराईले आउँदो डिसेम्बर अन्त्यसम्म विमानस्थल सञ्चालनमा आउने बताए ।
आफूले हरेक रात डिसेम्बर ३० को सपना देख्ने गरेको भन्दै उनले कतिपयले विमानस्थल सञ्चालन मिति सार्ने कुरा गरे पनि आफूले नमानेको दाबी गरे ।