पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत घूससहित पक्राउ ,

साउन २३ ,काठमाडौँ – पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइराला घूससहित पक्राउ परेका छन् ।
अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोइरालालाई ६ लाख ७५ हजार रंगेहात घूस रकम सहित बिहीबार दरबारमार्गस्थित शेर्पामलबाट पक्राउ गरेको हो ।

उनले स्तुपा कलेज, बौद्धका विद्यार्थीहरुको समस्या समाधान गरिदिने भन्दै घुस लिएका थिए । कोईरालालाई पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।

घुस लिनेलाई मात्र नभई घुस दिनेलाई पनि सरकारले कारबाही गर्ने जानकारी गरेको छ। यो सुचना सरकारले करिब ६ महिना अगाडीनै निकालेको हो तर लागु भने हुन सकेको छैन।
