suekhet
bheriad

धुर्मुस सुन्तलीले निर्माण गर्न लागेको फ्लिममा कसको लगानी हुने छ ,,

lekabesi

सामाजिक सेवामा लागिपरेका धुर्मुस सुन्तलीले चलचित्र निर्माण गर्न लागेका हुन् ।चितवनमा ‘गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला’ बनाउन लागिपरेका सिताराम कट्टेल र कुञ्जना घिमिरेले विगत एक वर्षअगाडी बाट चलचित्र निर्माण गर्ने सोच बनाएको बताएका छन् ।

चलचित्र कसरि बन्दैछ र कसको लगानी भन्ने बारेमा धुर्मुसले यो विषयमा स्पस्ट पारेका छन कतिपयले रंगशाला बनाउने रकमले चलचित्र बनाउन लागेको भन्दै टिप्पणी गरेपछि चलचित्र अर्कै मानिसको लगानीमा बन्नलागेको बताए ।

यो चलचित्रमा सम्पूर्ण लगानी डिन्डु लामाको हुनेछ ।चलचित्रले कमाएको नाफाको २० प्रतिशत रकम सामाजिक सेवामा लगानी गरिने जसमध्य १५ प्रतिशत रकम गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा खर्च गरिने पनि धुर्नुसले बताए।

चलचित्र कलाकार संघको भवन निर्माणको लागि आफूहरु नेतृत्व लिन तयार भएको समेत धुर्मुसले जानकारी गरे ‘कलाकार संघको कार्यसमितीले हामीलाई जिम्मा दिएको खण्डमा हामी नेतृत्व लिन तयार छौ ।

यदि, उहाँहरु आफै भवन निर्माणमा अगाडि बढ्नुभयो भने चलचित्रको नाफाको ५ प्रतिशत रकम भवन निर्माणमा सहयोग गर्नेछौं उनले भने ।