Simta
Gurvakot
Gurvakot

मेरो माया के हो ,

चलचित्र ‘रातो टीका निधारमा’ को पहिलो मेरो माया के हो बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ ।

गीतमा निशान भट्टराई र अस्मिता अधिकारीको स्वर, रवि मल्लको शब्द र कल्याण सिंहको संगीत छ ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक अंकित शर्मालाई फिचरिङ गरिएको छ । भिडियोमा साम्राज्ञी र अंकितको रोमान्टिक देख्न सकिन्छ।

lekbesi
Simta

चलचित्रमा बुद्दि तामाङ, रविन्द्र झा, शिवहरि पौडेल, नीता ढुंगाना, खुश्वु खड्का, राजाराम पौडेल लगायतका कलाकारको मुख्यभ भूमिका छ ।

अशोक शर्माको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा किरण शर्मा र कृती शर्माको लगानी छ । चलचित्रमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ । मित्र डी गुरुङको सम्पादन, पुरुषोत्तम प्रधानको छायांकन रहेको यो चलचित्र दशैंमा रिलिज हुँदै छ।