Simta
Gurvakot
Gurvakot

ट्रेलर हेरेपछि बिबादमा परेको ‘गाँजाबाजा’ फ्लिम २५ गत्ते बाट हलमा पर्दसन ,,

रंग दर्पण २० फागुन – समाजमा बोल्ने शब्द भन्दा पनि अपच शब्द हरु राखियको भन्दै विवाद मा परेको फ्लिम ‘गाँजाबाजा’ फागूण २५ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रलाई लिएर लामो समयदेखि बहस पनि भयो । विशेषगरि, चलचित्रको नाममा नै विवाद भएपछि यसको निर्माणपक्ष अदालतसम्म पुगेको थियो ।

चलचित्रका निर्देशक गणेशदेव पाण्डे ‘गाँजाबाजा’ले गाँजा खानेहरुको कथा भन्ने बताउँछन् । साथै, चलचित्रले ‘गाँजा’ खानेहरुको बाजासमेत बजाउने उनको भनाई छ ।

Simta

चलचित्रमा अनुपम शर्मा, सुशिल सिटौला, बर्षा सिवाकोटी, रविन थापा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई विकास बोर्डमै रोकिनुको कारणबारे धेरै बहस भएपनि अब यो चलचित्र फागूण २५ गतेबाट देशव्यापी रिलिज हुँदैछ । चलचित्र हेर्ने वा नहेर्ने अधिकार दर्शकमा भएको भन्दै गणेश त्यो अधिकार छिन्न नहुने बताउँछन् ।

lekbesi

चलचित्रको ट्रेलरमा केहि यस्ता शब्दहरु पनि छन्, जसलाई आम मानिसले सबैको अगाडि खुलेयाम बोल्न सक्दैनन् । तर, निर्देशक पाण्डे भन्छन्-‘यो शब्द नेपालमा नबोलिने, कहिले नसुनिएको होइन । मैले समाजमा नै बोलिएको शब्द प्रयोग गरेको छु । साथै, त्यहाँ बिम्बको पनि प्रयोग गरिएको छ ।’ चलचित्रलाई दीपेन्द्र रेग्मी र गोमा बिष्टले निर्माण गरेका हुन् ।

https://youtu.be/XBxf-LP8MQA