suekhet
bheriad

सोच’मा नीताको प्रेम र द्वन्दको भूमिका,,

lekabesi

चलचित्र ‘सोच’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा नायिका नीता ढुंगानाको साथमा कलाकारद्धय प्रज्ज्वल गिरी र पुजन सिंहलाई देखाइएको छ ।

चलचित्रमा पुजन सिंहको निर्देशन छ । पुजनकै कथा रहेको चलचित्रमा गंगा रजक र एसडीको लगानी छ । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई बिदुर पाण्डेले खिचेका हुन् ।

कृष्ण आचार्यको पटकथा तथा संवाद रहेको चलचित्रमा एनवी महर्जनको एक्सन, रामजी लामिछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ ।

चलचित्र प्रेम र एक्सनमा भरिपुर्ण छ चलचित्र भदौको २० गतेबाट प्रदर्शन हुने निर्माण पक्षले जानकारी गरेको छ ।