suekhet
bheriad

भरतपुरको चौबीसकोठीदेखि मालपोत चोकसम्म निषेधित क्षेत्र घोषणा ,,

lekabesi

भदौ २ ,चितवन – जिल्ला प्रशासन कार्यलय चितवनले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । चितवनमा दिनहु नाराबाजी र प्रदर्शन हुनथालेपछि प्रसाशनले निषेधित क्षेत्र घोषणा गरेको हो।

पत्रकार शालिकराम पुडाशैनीको हत्याप्रकरण पछि अनुसन्धानको लागि रवि लामिछाने सहितको ३ जना टोलिलाई नियन्त्रणमा लिएपछि चितवनमा रवि समर्थक भन्दै नाराबाजी र हुल प्रदर्शन गरेका छन् ।

नाराबाजीले विभिन्न कामकाजमा बाधा परेकोले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्मका क्षेत्रमा प्रर्दशनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी दीपेन्द्र शाहले बताए ।

साथै आजदेखि थप सुरक्षा कडा गर्ने पनि चितवनका प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्लले जानकारी दिए । आन्दोलनले अस्पताल, सरकारी कार्यालय, अदालतजस्ता सम्वेदनशील निकायहरूमा असर परेको छ ।

शालिकरामको हत्या प्रकरणमा पक्ष र विपक्ष भई आन्दोलन भईरहेको छ ।यसैबीच, चितवनका राजनीतिक दलहरूले पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणबारे निष्पक्ष छानबिन गर्न प्रशासनलाई सहयोग गर्ने सहमति गरेका छन् ।

पुडासैनी २० साउनमा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । मृत अवस्थामा उनको मोबाईलमा एक भिडियो फेला परेको छ ।

भिडियोमा शालिकरामले रवी लामिछाने युवराज कंडेल र अस्मिता कार्कीले आफुलाई आत्महत्या गर्न बाध्य गराएको बताएक छन् ।