Gold
Bangad salyan

७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई यात्रामा आधा छुट ,विमास्थल २४ घण्टा संचालमा आउने ,,

Salyan

भदौ ९ , काठमान्डौ – ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने पर्यटनमन्त्री योगेश भट्टराईले घोषणा गरेका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भट्टराईले यो घोषणा गरेका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधि प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालनयोग्य बनाउने, ज्येष्ठ नागरिकलाई हवाइ यातायातमा ५० प्रतिशत छुट दिनेलगायत केही महत्वाकांक्षी योजवनासहित आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन् ।

भट्टराईले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सहयोग हुने गरी केही कार्यक्रम घोषणा पनि गरेका छन् । पशुपतिनाथको मन्दिरको आरती युट्युबबाट लाइभ गर्ने योजना रहेको पनि उनले सुनाएका हुन् ।

नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र गैर आवासीय नेपाली संघबीच समझदारी नै गर्ने गैरआवासीय नेपाली संघको नेतृत्वमा एक नेपाली एक विदेशी साथी नेपाल पठाउ अभियान संचालन तथा विदेशस्थित नेपाली नियोगमा यस संस्थाको सहभागितामा टुरिस्ट हेल्प डेस्क संचालन गर्ने लगायतका पर्यटन प्रवर्द्धनका विविध कार्यक्रम सञ्चालन गर्न समेत मन्त्रि भट्टराईले बताए ।

केहि हप्ता अगाडिको अन्तर्वार्तामा मन्त्रि भट्टराईले विदेशमा रहेका नेपालीलाई एक एक जना पर्यटक पथाउन समेत आग्रह गरेका थिए।