साहोको ३ दिनमा २ सय ९४ करोडको ब्यापार ,,

प्रभास अभिनित चलचित्र साहोले बक्सअफिसमा एकैदिनमा १ सय करोड माथिको व्यापार गरेको छ । भने चलचित्रले तेस्रो दिनसम्ममा २ सय ९४ करोडको कमाइ गरेको छ ।

चलचित्रमा प्रभास संग श्रद्धा कपुरको पनि मुख्य भूमिका छ चलचित्रले राम्रो ब्यापार गरेको छ तर दर्शकले भने साहो तेती मन नपराएको प्रतिक्रिया दिएका छन् ।

चलचित्रमा साहोको विभिन्न पक्ष देखि साहोको फाइटलाई दर्शकले टिप्पणी गरेका छन् यस्तै, चलचित्रलाई अहिले चोरीको आरोपसमेत लागेको छ । फ्रेन्च निर्देशक जेरोम सालले आफू निर्देशित ‘लार्गो विन्च’बाट ‘साहो’ चोरिएको आरोप लगाएका हुन् ।

lekbesi

निर्देशक जेरोमले ट्विट गर्दै चोरीको आरोप लगाएका हुन् । उनले आफ्नो ट्विटमा साहो निर्देशक सुजिथलाई चोरी गर्दा ढंग पुर्याएर चोरी गर्नपर्ने हो भनेर लेखेका छन् । साथै यो उनलाई आरोप नभई सुझाव दिएको देखिन्छ  ।