suekhet
bheriad

इरफान खान लाई के बिरामी भयो यक्कासी बोल्न नसकने ,,

lekabesi

रंग दर्पण २३ फागुन – बलिउड अभिनेता इरफान खानले आफु गम्भीर बिरामी भएको सार्वजनिक गरेलगत्तै मिडियामा अर्को खबर आयो, इरफानलाई ‘ब्रेन क्यान्सर’ भयो ।

इरफानलाई ब्रेन क्यान्सर भएपछि मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरेको समाचार भाइरल भएको छ । तर, इरफानका निकटस्थ एवं ट्रेड एनालिस्ट कोमल नाहटाले यो खबर गलत भएको टिप्पणी गरेका छन् ।

नाहाटाको अनुसार इरफान बिरामी छन् तर, मिडियामा आएजस्तो होइन । उनले भनेका छन्, ‘इरफानलाई अस्पताल भर्ना गरिएको छैन । उनी दिल्लीमै छन् ।’

अहिले इरफानको बारेमा थरी थरीका टिप्पणी सुरु भएको छ । केही मिडियाले लेखेका छन्, ‘अहिले इरफान बोल्न पनि सक्ने अवस्थामा छैनन् । त्यसकारण उनलाई कोकिलाबेन अस्पताल भर्ना गरिएको छ ।’

केही समाचारमा भनिएको छ, उनको उपचारको एक मात्र विकल्प अप्रेशन हो । केहीले केमो थेरापीबाट पनि उपचार सम्भव हुने उल्लेख गरेका छन् । सोमवार इरफानले टि्वट गरेर आफु बिरामी भएको जानकारी गराएपछि उनको बारेमा यस किसिमको अड्कलवाजी सुरु भएको हो ।

केही दिनअघि इरफानले आफूलाई जण्डिस भएको बताएका थिए । उनले अभिनय गरेको फिल्म ‘ब्ल्याकमेल’ प्रदर्शनको तयारीमा छ ।