रुकुम चौरजहारी

आज अन्तर्राष्ट्रिय महिला दिवस, विश्वभर कार्यक्रम गरेर मनाइँदै//

रुकुम आठ विसकोट

रंग दर्पण २४ फागुन, काठमाडौं आज १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, विश्वभर विविध कार्यक्रम गरेर मनाइँदै छ ।
जति सुकै आन्दोलन र कार्यक्रम गरेर महिला प्रसिक्षन दिदै आयपनी देस देखि बिदेस सम्म महिला हिँसा बलात्कार जस्ता घटना दिनहु बढ्दो क्रम देखियको छ । साथै सरकारले जुनसुकै कार्यक्रम सरकारी कार्लयमा ३३ % महिला लाई हक अधिकार दिने भने पनि त्यो कार्यान्यन मा लागु हुन सकेको छैन ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ ।

नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले आज र्‍याली गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेका छन् । महिला दिवसको अवसरमा सरकाले आज सार्वजनिक बिदा दिएको छ ।