अपहरणकारी जसलाई बालिकाको मुख थुनेर जंगलमा बसेको प्रहरीले भेटायो ,,
भदौ २० , काठमान्डौ – अपहरणकारी बाट बालिकालाई प्रहरीले सकुशल उद्दार गरेको छ ।अपहरणकारीले बालिकालाई बन्धक बनाएको आरोपमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ।
बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि प्रहरीले बताएको छ । अपहरणकारी भारत घर भई हाल रुपन्देही कोटियहवाका २३ वर्षीय मनिस निगमलाई प्रहरीले पक्राउ गरेको हो ।
अपहरणकारीले रोहिणी जंगलबाट बालिकाको मुख थुनेर बोल्न नदिएको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए।
बालिकालाई अपहरणकारीबाट प्रहरीले सकुशल उद्दार गर्नको लागि विभिन्न रणनीति अपनाएर शुक्रबार बिहान रुपन्देहीको रोहिणी गाउँपाकिा,२ स्थित रोहिणी जंगलबाट प्रहरीले बालिकाको उद्धार गरेको हो ।
अपहरणकारीले सोहि गाउँपाकिाकि २ स्थित बैकुण्ठपुर घर भएकी ५ वर्षीया नाबालिकालाई अपहरण गरेको थियो। १ वर्षदेखि नेपालमा पेन्टिङको काम गर्दै आएको अपहरणकारीले आफ्नो आँगनको घरमा खेलिरहेको बेला बालिकालाई फकाएर घरनजिकैको ३०० मिटर दुरीमा रहेको जंगलमा लगेका प्रहरीले जानकारी गरेको छ।
शुक्रबार बिहान ८ः३० बजेदेखि १० बजेसम्म पनि परिवारले छोरीलाई नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपहरणकारीको खोजी गर्दै जाँदा घर नजिकैको रोहिणी जंगलमा नाबालिकाको मुख थुनेर लुकेर बसेको संकेत पाएपछि त्यसकै आधारमा खोजी गरिएको डीएसपी भण्डारीले बताए ।
बालिकाको परिवार र अपहरणकारीको पहिले चिनजान नभयको अनुसन्धानमा खुलेको छ ।बालिकालाई किन अपहरण गरेको भन्ने प्रहरीको बयानमा पनि केही बताएका छैनन् । बालिकालाई सुरक्षित उद्दार गर्ने हाम्रो रानीति पुरा भयो भण्डारीले भने हामि अपहरणकारीलाई अपहरण र शरीर बन्धक मुद्दामा कारबाही अघि बढाउने जानकारी गरेको छ।