सरकार सेल्फी हैन हेल्फी बनौ ,.डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ ,,

भाद्र २१ , काठमाडौं – राजधानी काठमान्डौमा ५० लाखको बसोबास छ, सडकभरका खाल्डामा पानी जमेको छ । डेंगु ज्वरोको प्रकोप बढ्दो छ  ।

आम जनता आतंकित भएका छन् । कारणबश दशौँ हजारमा डेंगीको संक्रमण भएमा यहाँका अस्पतालले धान्न सक्ने बेड तथा जनशक्ति छैन  ।यसो भएमा के गर्ने ? सरकारको तयारी के छ ?

सेना, प्रहरी, कर्मचारी, स्थानीय निकाय , शिक्षक, स्वास्थ्यकर्मी, बिद्यार्थी, राजनैतिक पार्टीका भातृ संस्था तथा आम जनता आजैदेखि परिचालन गरौँ  ।

खाल्डा तथा पानी जम्ने स्रोत पुरौं, झ्यांग काटौं, चिस्यानमा DDT, मालाथिन छरौं , जनचेतनाको अभियान सुरु गरौँ  ।प्रकोपमा सबै एकजुट बनौं ।

हामी जनता त्रस्त नबनौं, लामखुट्टेको टोकाइबाट बचौं, घर तथा वरिपरी सफा राखौं ।भाषण हैन, फिल्डमा काम गरौँ ! सेल्फी हैन, हेल्पी बनौं ।

आम जनतामा व्याप्त त्रास हटाऔं । डेंगु जांच गर्नेको टेकुमा थाम्न नसकिने भीड छ । तसर्थ डेंगु परिक्षण वडा वडामा रहेका स्वास्थ्य संस्थामा निशुल्क गर्ने ब्यबस्था गरौँ ।

कहिलेकाँही प्रकोप अनियन्त्रित हुनसक्छ, अन्डर इस्टिमेट नगरौं |

………..डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ ,,