चिनियाँ विदेशमन्त्री आज नेपाल आउने ,,
भदौ २२ , काठमान्डौ – चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आइतबार अपराहन्न नेपाल आउँदैछन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ अपराह्न पौने चार बजे नेपाल आउन लागेका हुन् ।
पाकिस्तान हुँदै नेपाल आउने आउने वाङलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् ।
उनको सोमबार र मंगलबारको अधिकांश समय राजनीतिक भेटघाटमा रहने छ विदेशमन्त्री यीले सोमबारको संयन्त्र बैठकपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् ।
नेपाल सरकारका केही विभागीय मन्त्री तथा पूर्व प्रधानमन्त्रीहरुले पनि विदेशमन्त्रीलाई भेट्ने कार्यक्रम प्रस्तावित छ । समकक्षी प्रदीप ज्ञवालीसँग भने चिनियाँ विदेशमन्त्री वाङको भेटवार्ता सोमबार हुने छ ।
परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्तामा तातोपानी र केरुङ नाकाका अध्यागमनमा सहजता, रसुवाको टिमुरेमा बनाइने ड्राइपोर्टलगायतका भौतिक संरचना, चीन-काठमाडौं रेलमार्ग निर्माणलगायतका विषयमा छलफल हुने एजेण्डा परराष्ट्रले तय गरेको छ ।विदेशमन्त्री रहेका वाङ यसअघि सन् २०१४ मा नेपाल आएका थिए ।
विदेशमन्त्री यी मंगलबार दिउँसो विशेष विमानबाट बेइजिङ फर्कनेछन् । विदेशमन्त्रि वाङको चाहना अनुसार नेपालको प्राकृतिकस्थल भ्रमण तथा धार्मिक स्थलको भ्रमण हुनेछ । मौसम अनुकुल हेरेर उनले सम्भवत मुस्ताङ्ग घुम घाम गर्नसक्ने विशेष श्रोतले बतायो।