सुर्खेत गुर्भाकोटमा नमस्ते मोबाईल सेवा प्रभावित ,,

असोज १ , काठमान्डौ – कर्णाली प्रदेश सुर्खेत गुर्भाकोट नगरपालिकामा मोबाईल कर्ताहरु प्रभावित भएका छन् ।गुर्भाकोट नगरपालिकामा २ साता देखि नमस्ते मोबाईलबाट ग्राहक हरु प्रभावित रहेको जानकारी गरेका हुन्।

,गुर्भाकोटको विभिन्न स्थान,धारापानी मेहेलकुना , रामघाट , बोटेचौर लगायतका स्थानमा नमस्ते मोबाईल सेवा अवरुद्द भएपनि सबैभन्दा बढी मालारानी, सहारेमा प्रयोगकर्ता सेवा बिहिन भएका हुन् ।

नमस्ते प्रोयोग कर्ताको केहि दिनदेखि डाईल,इन्कम रिचार्ज नहुने जस्ता सेवामा संचार सेवा प्रभावित भयको हो ।गुर्भाकोटमा राखीएका केहि टेलिकमका टावरहरु सोलारबाट संचालित छन् ।

lekbesi

केहिदिन देखि परेको अविरल वर्षाले घाम लाग्न नपाएर सेवा प्रभावित भयको हुन सक्ने अनुमान गरिएपनि प्रविधि को समयमा करिब दुई हप्ता सम्मपनि सेवा प्रभावित हुँदा सम्बन्धित निकाएले चासो नदेखाएको स्थानीयको गुनासो छ।