सुस्ताकी पुजा लोनियाको हत्यारालाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ ,
असोज १ नवलपरासी पश्चिम -नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं.-५ रतनगंज की पुजा लोनियाको हत्या गरिएको भन्दै स्थानीय वासीको आरोप छ तर अहिलेसम्म हत्यारालाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
हत्यारालाई कारवाहीको माग गर्दै सदरमुकाम परासीमा स्थानिय बासीले विरोध प्रर्दशन गरेका छन् । उनीहरुले विरोध र्यालीसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउ गर्दैै नाराबाजी समेत गरेका थिए ।
सुस्ता गाउँपालिका वडा नं.-५ की ३० वर्षीय पुजा लोनिया गत भदौ २० गतेदेखि वेपत्ता भएकोमा २४ गते घरभन्दा एक किलोमिटर पर नारायणी नदी किनारमा शव फेला परेको थियो ।
पुजाकी माईती र स्थानीयवासीले भने पुजाको हत्या नै भएको दाबी गरेका छन् । पुजाका श्रीमान र सासु ससुरा मिलेर हत्या गरेको पुजाका बुवा रामकिशुन लोनियाले आरोप लगाउनुभएको छ ।
भारतको कुशीनगर जिल्ला खोपा गाउँ माईत भएकी पुजाको सात वर्ष अघि सुस्ता गाउँपालिका–५ रतनगंज निवासी राजाराम लोनियाका छोरा अमिताभ लोनियासँग विवाह भएको थियो ।घरायसी सम्बन्ध राम्रो नभएका कारण उनको हत्या गरिएको हुन सक्ने स्थानीयवासी भानु प्रताप लोनियाले बताउनुभयो ।
नारायणी नदी किनारमा भेटिएको शव अनुहार चिन्न नसकिने अवस्थाको थियो भने उनले लगाएका कपडाको आधारमा पुजाकै भएको भन्दै साविक पक्लिहवा गाविसका पूर्व उपाध्यक्ष दिनेश यादवले पुजाको हत्या नै गरिएकोले हत्यारालाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न र घटनाको सत्य तथ्य छानविन गर्न माग गर्नु भएको छ ।
त्यसैगरी जुन शव भेटिएको थियोे त्यो शबको हातमा लगाइएको चुरा र नाक कानमा गहना राजाराम लोनियाको अर्को बुहारी उषा देवी लोनियाले निकालेको स्थानीय यादव बताउछन् । रामनगर प्रहरी चौकीका इन्चार्जले लासलाई नदि मै धकेल्न खोजेको स्थानिय बाबुराम हरिजनले अारोप लगाउनु भएका छन् । तर स्थानियको विरोधमा शबलाई पोष्टमार्टनका लागि जिल्ला अस्पताल परासी लगिएको थियोे ।
माइती बाट पुजा संगै अाएकी पुजाको अर्को दस बर्षिय बहिनी रोशनीले जुन दिन दिदी बेपत्ता भएकी थिइन त्यो दिन मैले करीब १२ बजे राति दिदीलाई खोज्न जादा दिदीको ससुराले तिम्रो दिदीको आएको थियोे तिम्रो दिदी फोन गर्न गएका छिन, तिमी चुपचाप लागेर सुत भनेका थिए रोशनीले बताइन ।
त्यसपछि मलाई बाहिर बाट ढोका बन्द गरिदिएका थिए रोशनीको भनाइ छ । बिहान गाउँ कै एक जनाले आएर मैले सुतेको कोठाको ढोका खोलेको रोशनी बताउछिन् ।नारायणी नदिमा भेटिएको शवको डिनए परिक्षणका लागि पुजा लोनियाका बुवा रामकिशुन लोनियाले इलाका प्रहरी कार्यालय बेलाटारीमा निवेदन समेत दिइसकेका छन् ।
उता प्रमुख जिल्ला अधिकारी शम्भु मरासिनीले घटनाको विषयमा आवश्यक अनुसन्धान हुने बताउनुभएको छ । प्रभावकारी र निष्पक्ष छानविन गर्न र दोषि ठहरिय कारवाही गर्न उहाँले जिल्ला प्रहरी कार्यालयलाई निर्दैशन पनि दिनुभएको छ ।