surkhet

संगीतमा पनि मक्षरको धुन ,डेंगी एन्जाइटी चिन्ता डा. रवीन्द्र पाण्डे,rangadarpan

surkhet

असोज ६ , काठमान्डौ – डेंगी संक्रमणको प्रकोपको कारण आम जनमानसमा लामखुट्टेले नटोके पनि टोके जस्तै चिटिचिटि दुख्ने, चिलाउने, टाउको दुखेजस्तो लाग्ने, नाप्दा तापक्रम ठिक्क भएपनि ज्वरो आएझैँ लाग्ने, जोर्नी तथा मांशपेशी दुखेजस्तो लाग्ने लगायतका लक्षणहरु देखिएका छन् ।

आफुलाई डेंगी लागेको भ्रम परेर अस्पतालमा जाने, चिकित्सकले डेंगु छैन भने पनि पत्यार नलागेर अर्को चिकित्सकलाई चेक गराउन जाने, अनाबश्यक रगत परीक्षण गर्ने, रगतको रिपोर्ट नर्मल आएमा उक्त ल्याबमाथि शंका गर्ने अनि अर्को ल्याबमा रक्त परीक्षण गर्न जाने, औषधिको गुणस्तरमा शंका लाग्ने लगायतका गतिबिधि पनि यदाकदा भइरहेका छन् ।

संगीतमा पनि लामखुट्टेको आवाज सुन्ने, झिंगा/भुसुनालाई पनि लामखुट्टे देख्ने, सपनामा पनि लामखुट्टे देख्ने आदि लक्षण धेरै व्यक्तिहरुमा पाइन्छ ।

Dailekh
Gorkha

जोसंग कुरा गर्दा पनि डेंगुका कुरा गर्ने, अनलाइन तथा पत्रपत्रिकामा डेंगुका समाचार मात्र पढ्ने । अनि ती समाचारमा थपथाप गरेर अरुलाई सुनाउने, डेंगी नियन्त्रण गर्न अरुले पहल नगरेको हुँदा भयाबह स्थिति आउने बारे चिन्ता गर्ने ।

सबै अस्पताल प्याक भए के गर्ने ? रक्तश्राबजन्य डेंगी वा बेहोश हुने किसिमको डेंगी लागेर आफ्नो तथा आफ्ना परिवारजनको मृत्यु हुन्छ कि भनेर आत्तिने तथा आफुलाई असहाय अनुभव गर्ने लगायतका लक्षण पनि देखा परेका छन्।

यसको निवारणको लागि आफन्त, मित्रमण्डली तथा चिकित्सक / स्वास्थ्यकर्मीको परामर्श आबश्यक हुन्छ । धेरै चिन्ता, शंका तथा असुरक्षा महसुष गरेमा मनोपरामर्शको सहयोग लिनुपर्ने हुन्छ । जसरि भूकम्पको समयमा Post-traumatic stress disorder ( PSTD ) लाखौँ व्यक्तिमा देखिएको थियो, त्यसै गरि महामारीको बेला पनि यस्तो अवस्था देखिने गर्दछ ।

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिशेषज्ञ,

salyan