दुबैमा गाडी दुर्घटना ६ जना नेपालिको मृतु कुन जिल्लाका ल हेर्नुहोस ,,

असोज १३ , काठमाण्डौ – दुबैमा कामदार बोकेको माइक्रो बस लरी ट्रकमामा ठोक्किदा ६ जना नेपालीको मृतु भएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) दुबईको मोहम्मद विन जायद सडकमा दुर्घटनामा परी सोमबार बिहान ६ जना नेपालीसहित ८ जनाको ज्यान गएको छ ।

दुर्घटनामा अन्य ६ जना घाईते छन् जसमा २ जनाको अवस्था गम्भीर रहेको छ घाईते सबै नेपाल बाहिरका नागरिक हुन् फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस कामदार बोकेर मरर्दिफ सिटी सेन्टरबाट सारजाहातर्फ जाँदै गर्दा दुर्घटनामा परेको थियो ।

lekbesi

माइक्रो बस स्थानीय समय अनुसार विहान ४ बजेर ५४ मिनेटमा दुर्घटनामा परेको थियो ।दुर्घटनामा रमेश चाैधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृच्यु भएको नेपाली दूतावासले जनाएको छ।

मृत्यु हुने नेपाली कामदारको नाम खुलेको पनि ठेगाना खुलिसकेको छैन।माईक्रो बसमा १३ जना सवार रहेको र मृतकको शवलाई रसिद अस्पतालबाट शव गृहमा सारिएको दुबई प्रहरी ट्राफिक विभागका निर्देशक सैफ मुहहैर अल मजरोयुईले बताए।