सभामुख महराले फिर्ता गरे सरकारी सुविधा र गाडी ,
असोज १६ , काठमान्डौ – सभामुख महराले अहिले सम्म लिदै गरेको सरकारी सरकारी सुविधा र सरकारी गाडी सरकारलाई बुझाएका छन् ।
,महराका सचिवालयका डिल्ली मल्लले निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी फिर्ता भएको बताए । महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षामा खटिएका थिए ।
गाडी भने संसद सचिवालयको सवारी शाखालाई बुझाइएको मल्लले जानकारी दिए। सभामुखको हैसियतमा महराले बा२झ १२६८ नम्बरको गाडी चढ्दै आएका थिए ।
उक्त गाडीलाई बिहिबार दिउँसो संसद सचिवालय अन्तर्गतको सवारी शाखालाई बुझाएको जनाइएको छ ।संसद सचिवलाएमा कार्यरत एक नर्सले उनीमाथि यौन दुर्यवाहारको आरोप लगाएकि छिन ।
आरोप पछि महराले सभामुख पदबाट राजिनामा दिएका छन् ।महरा बालुवाटारस्थित सरकारी भवनमा बस्दै आएका छन् । डेरा पाएपछि सरकारी निवास पनि छाड्ने महराका सचिवालयका डिल्ली मल्ले बताए ।
https://youtu.be/6Hhm160DtHw