Gold

सभामुख महरालाई आज जिल्ला अदालत पेश गरिने, डिएनए चेक हुने ,,

Naumule Migrate

असोज २८ , काठमान्डौ – निवर्तमान सभामुख कृष्णबहादुर महारालाई प्रहरीले आज अदालतमा पेश गर्ने भएको छ ।

स्रोतका अनुसार महराले सरकारी वकिललाई आफू बयान दिन सक्ने अवस्थामा रहेको बताए उनको आजै बयान हुने छ।

संसद सचिवालयकि कर्मचारी रोशनी शाहीले महरामाथि बलात्कार प्रयास गरेको आरोप लगाएकि छिन ।

,घटनाको विषयमा सत्य तथ्य बुझ्न महरालाई गत १९ गते प्रहरीले पक्राउ गरेको थियो ।पक्राउ गरिएपछि महराको स्वास्थ्य अवस्थामा खराब भएका कारण नर्भिक अस्पतालमा भर्ना गरिएका छन्।

उनलाई अस्पतालबाट महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले सुरुमा जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गर्ने छ।

तेस्तै घटनाको अनुसन्धानमा खटिएको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोपको पुष्ट्याइँ गर्ने क्रममा डीएनए परीक्षण गर्ने तयारी गरेको हो ।

अपराधस्थल भनिएको घरबाट बरामद भएको फुटेको चस्मा, जुत्ताको जिब्री लगायतका सामग्री महराको हो/होइन भन्ने प्रमाणित गर्न डीएनए जाँच गर्न लागिएको स्रोतले बतायो ।

 

Naumule Badhipahiro