कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू, प्रहरीको गोलि लागि एक जनाको मृतु ,,

कार्तिक १४ ,कपिलवस्तु – लक्ष्मी मूर्ति बिसर्जन गर्ने विषयमा कपिलवस्तुको कृष्णनगरमा हिन्दु र मुसलमान पक्षबीच विवादका कारण झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

कर्फ्यू आदेश उल्लंघन गर्ने माथि प्रहरीले गोली प्रहार गरेको छ । प्रहरीको गोली लागी स्थानीय कृष्णनगर नगरपालिका-२ का सुरजकुमार पाण्डेको मृत्यु भएको छ मृतक भारतीय नागरिक हुन् ।

विवादलाई साम्य पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो । तर, स्थानीय उल्टै उग्र भइ प्रहरीतर्फ पनि ३ जना घाइते भएपछि गोली चलेको प्रदेश नं. ५ का प्रहरी प्रमुख डीआईजी सुरजकुमार श्रेष्ठले बताए ।

प्रशासनले बिहान ११ बजेदेखि अर्को सूचना प्रकाशित नभए सम्मका लागि कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। कर्फ्यू कृष्णनगर बजारको भन्सार कार्यालयको उत्तर ७०० मिटरदेखि, पश्चिम ७०० मिटर र पूर्व ३०० मिटर क्षेत्रमा लागु गरिएको छ।