आलमको अन्त्य सम्म बयान मैले पटकात् पडकाको छैन श्रीमान् बमको कुरा आउदैन ,

२६ जनालाई ईट्टा भट्टामा जलाउने आलामलाई पूर्पक्षका लागि थुनामा पठाईयो ,,

कार्तिक २९ ,काठमान्डौ – नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री अफ्ताव आलमलाई जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

करिव एक साता लामो दुईतर्फी थुनछेक बहस सुनेपछि न्यायाधीश ढकालको इजलासले आलमलाई पुर्पक्ष थुनामा राख्ने आदेश दिएको हो ।

अलामले अदालतमा ईनकारी बयान दिएपनि प्राप्त प्रमाणहरुले निर्दोष छन्भन्ने नसक्ने ठहर गर्दै न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई थुनामा राख्न आदेश दिएको हो ।

तेस्तै सुरक्षाका दृष्टिकोणले आलमलाई रौटहटको कारागारमा राख्न उपयुक्त नभए अन्यत्र सार्न पनि अनुमति दिएको छ ।

साथै आलमले अदालतमा बयान दिँदा आफू मधुमेह र उच्च रत्तलचापको बिरामी भएको भनेर डाक्टरको रिपोर्ट पेश गरेकाले अस्पतालमा नियमित उपचार गराउन पनि भनिएको छ ।

साथै अदालतले जाहेरवाला, पीडित र सरकारका साक्षीहरुलाई संरक्षण गहृमा राख्न पनि आदेश दिएको छ ।

अदालतमा थुनछेक बहस चलिरहँदा आलमका मानिसहरुले बम विस्फोटका घाइते गौरीशंकर दास चमारलाई चारदिनसम्म अपहरण गरेर बयान फेर्न दबाब दिएका थिए भने मृतक ओसी अख्तरका परिवारलाई आर्थिक प्रलोभन देखाएका थिए ।

चमारले सुरक्षाको माग गर्दै निवेदन समेत दिएका थिए । अदालतले त्यसलाई ध्यानमा राखेर जाहेरवाला, पीडित र सरकारी साक्षीहरुलाई संरक्षण गृह वा त्यस्तै प्रकारको संस्थामा सुरक्षित बसोबास गर्ने व्यवस्था मिलाउन भनेको छ ।

साथै पिडितलाई सुरक्षित रुपमा अदालत ल्याउन लैजाने, व्यक्तिगत वासस्थनको सुरक्षा गर्न र उनीहरुको सुरक्षामा खलल गर्नेलाई कारबाही गर्न गर्न पनि अदालतले आदेश दिएको छ ।

अदालतको संक्षित आदेशमा अभियोगका साथ १० पृष्ठ लामो पेश भएको पेनड्राइभ, त्यसमा भएका फोटा र भिडियोलाई अदालतमा अभिलेखीकरण गर्न पनि भनिएको छ ।आलममाथि विस्फोट पदार्थ, ज्यानमार्ने उद्योग र ज्यान मुद्दा गरी तीन मुद्दा लगाइएको छ ।

आलमले भने विस्फोटको घटनानै नभयको बयान दिदै आएका छन् ।थुनछेकको बयानमा अन्त्य सम्मपनि आलमले भने मैले केको बम पड्काउनु श्रीमान मैलेत् अहिले सम्म पडकापनि पड्काएको छैन भनेर बयान दिएका छन् ।

आलामले घटना नभएको भन्दै आएपछि घटनामा मृत्यु भएका भनिएका त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंहले त्यसको खण्डन गरेका थिए । ‘घटना भएको छैन भने ५ लाख देखि २ करोडसम्म दिन्छु भनेर मलाई किन भन्छन् आलमका मानिसहरुले श्रीमान्’ उनले भनेका थिए ।

२०६४ चैत २७ गते राजपुर बम विस्फोट घटनाको कसुरमा आलमलाई प्रहरीले गत असोज २६ गते पक्राउ गरेको हो ।