suekhet
bheriad

बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिद स्वदेश फिरता,

lekabesi

कार्तिक २९ ,काठमान्डौ – बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिद चारदिने नेपाल भ्रमण सकेर शुक्रबार अपरान्ह स्वदेश फर्किएका छन् ।

राष्ट्रपति हमिदको विदाईको अवसरमा अन्तराष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरेकी हुन् ।

तेस्तै उनलाई विदाई गर्न गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत मन्त्रीहरु विमानस्थल पुगेका थिए । हमिद मंगलबार नेपाल भ्रमणमा आएका थिए ,भ्रमणमा मोहमद हमिदले रास्ट्रपति विद्यादेवी भण्डारी ,प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए ।

हमिद मंगलबार त्रिभुवन विमानस्थलमा ओर्लीएपछि भक्तपुर दरबार क्षेत्रको अवलोकन भ्रमण गरेका थिए भने हिजो बिहिबार पर्यटकीय नगरी पोखराको अवलोकन भ्रमण गरेका थिए ।

उनको लागि आज बिहान चन्द्रागिरिको लागि हिल्स अवलोकन गर्ने कार्यक्रम भएपनि स्थगित भएको थियो । हमिदको नेपाल भ्रमणले दुई देसको मित्रताले थप उचाईमा पुगेको नेपाल उच्च श्रोतले बताएको छ ।