suekhet
bheriad

नेकपाका वडा अध्यक्षले रक्सि पिएर कांग्रेस कार्यकर्ताको टाउकोमा बियर बोतल र रड प्रहर गरे ,

lekabesi

मङ्सिर १२ दाङ – दाङ्गमा नेकपाका वडाध्यक्षले रक्सीले मातेर नेपालि कांग्रेसका कार्यकर्ता कुटेका छन् ।

तत्कालिन नेकपा बबई गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर डाँगीले नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता गणेश देवकोटा र सुरेश खड्कालाई मंगलबार बेलुकी रक्सीले मातेर कुटपिट गरेका हुन् ।

कांग्रेस कार्यकर्ता कुटेपछी नेकपा र कांग्रेसका नेताहरु बीच ईलाका प्रहरी कार्यालय पञ्चकुलेमामा छलफल समेत गरिएको छ ।

छलफलमा अध्यक्ष डाँगीले रक्सि पिएको बेला गल्ति भएको भन्दै सार्वजनिक रुपमा माफी मागेका छन् भने यस्ता गल्ति नदोहोर्याउने जानकारी गरेको कांग्रेस जिल्ला सदस्य ताराबहादुर कार्कीले जानकारी दिए ।

यसअघि सोमबार बेलुका तुलसीपुर–१० गौरीगाउँमा नेकपाका कार्यकर्ताले बियरका बोत्तल र रडले आक्रमण गर्दा तुलसीपुर–११ हस्नापुरका नेविसंघका कार्यकर्ता कृष्ण बस्नेत घाइते हुनु भएको थियो ।

घाईते बस्नेतको अहिले नेपालगंज अस्पतालमा छन् ,उनको टाउकोको सिसा निकालेर सिटी स्क्यान गरिएको छ ।