कास्की २ मा विद्या भट्टराईको जित पछि विजयी जुलुस ,
मङ्सिर १५ पोखरा – कास्की निर्वाचन क्षेत्र २ को प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विजयी र्याली निकालेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा कास्की –२ मा नेकपा उम्मेदवार विद्या भट्टराई २४ हजार ३९५ मत ल्याइ विजयी भएकी छिन् ।
उनले प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार ४०९ मतान्तरले पराजित गर्दै उनले विजयी हासिल गरेकी हुन् । काँग्रेस उम्मेदवार पौडेलले १५ हजार ९८६ मत प्राप्त गरे ।निर्वाचित भएको घोषणा भएपछि भट्टराईले आफ्ना दिवंगत पति रवीन्द्र अधिकारीलाई सम्झिइन् ।
‘यो जनमत रवीन्द्र अधिकारीप्रतिको सम्मान र नेकपा र म प्रतिको भरोसा मानेको छु’ उनले भनेकी छन् । उपनिर्वाचनमा विद्या भट्टराईलाई पार्टीले टिकट दिएपछि कतिपयले भने विरोध समेत गरेका थिए ।
उनलाई पराजित बनाउन विपक्षिले विभिन्न चलखेल समेत गरेका थिए ,तर उनका श्रीमान् रवीन्द्र अधिकारीको योगदानले गर्दापनि विद्यालाई जनताले साथ् दिए भन्ने बुझिन्छ ,। कास्की २ बाट निर्वाचित अधिकारीको गत फागुनमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।